टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा श्रीलंकामाथि इंग्ल्यान्डको सहज जित

एजेन्सी , ४१  पटक हेरिएको

असोज २

इंग्ल्यान्डले श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला एक खेल अगावै जितेको छ । श्रीलंकाको कार्डिफमा हिजो भएको दोस्रो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै तीन खेलको शृङ्खलामा २–० को अग्रता बनाएको हो ।

श्रीलंकाले दिएको १ सय ४६ रनको लक्ष्य इंग्ल्यान्डले १२ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे । इंग्ल्यान्डका टम बान्टनले अविजित ५२ रन बनाएपछि इंग्ल्यान्डले सहज जित हात पारेको हो । यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

श्रीलंकाका पाथुम निसान्काले ३७ रन बनाए । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि ओल्ड ट्राफोर्डमा हुनेछ । त्यसपछि दुई टोलीबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ ।

प्रकाशित मिति: २०२६-०९-१८ , समय : ०९:५१:१८ , २ घन्टा अगाडि