रुपन्देही खबर , ४ पटक हेरिएको
काठमाडौँ, असोज ३
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालयमा छापा मारेको छ ।सीआईबीको टोलीले एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मारेको हो । अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ ।
आर्थिक अनियमिततालगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेकाे सीआईबीकाे भनाइ छ । अहिले एन्फा निलम्बनमा रहेकाे छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले नेपाललाई निलम्बनमा राखेको हाे ।
प्रकाशित मिति: २०२६-०९-१९ , समय : ०९:५७:५८ , २ घन्टा अगाडि