रुपन्देही खबर , ४० पटक हेरिएको
तस्वीर : रासस
काठमाण्डौ,असोज ६
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ वटा अभ्यास खेल खेल्ने भएको छ । आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय टोली पोखरा आउने र त्यसक्रममा ४ अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशीक क्रिकेट संघले जनाएको छ ।
भुटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट संघ (क्यान)–११ सँग दुई/दुई अभ्यास खेल खेल्नेछ । यी खेल पोखरा क्रिकेट मैदानमा यही ११, १२, १४ र १५ गते हुने तालिका छ ।
आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्री य छनोट ‘ए’ अक्टोबर ५ देखि १४ सम्म मलेसियामा हुँदैछ । यो छनोटमा भुटानसहित ७ टोली सहभागि हुनेछन् ।
प्रकाशित मिति: २०२६-०९-२२ , समय : ०९:२०:०५ , २ घन्टा अगाडि