रुपन्देही खबर , ३२ पटक हेरिएको
फाइल तस्वीर
पाल्पा, असोज ११
पाल्पाको माथागढी गाउँपालिका–३ भैसकट्टामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना सम्पर्कविहीन भएका छन्। आइतबार बिहान करिब ५ बजे घरमाथिबाट खसेको पहिरोले ७० वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरेको हो। पहिरोमा परी लिलबहादुरसहित उहाँका छोरीहरू १७ वर्षीया झरना र १५ वर्षीया दिना घर्ती मगर सम्पर्कविहीन भएका वडाध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिनुभयो।
घरमाथिबाट ठूलो ढिस्कोसहितको पहिरो खसेकाले घर नै देख्न नसक्ने गरी पुरिएको छ। ठूलो ढिस्को र पहिरोका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको गाउँपालिका अध्यक्ष यम चिदीले बताउनुभयो। घटनालगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा खटिएको अध्यक्ष चिदीले जानकारी दिनुभयो। सम्पर्कविहीन तीनै जनाको खोजी कार्य जारी रहेको छ।
प्रकाशित मिति: २०२६-०९-२७ , समय : ०९:४५:३३ , २ घन्टा अगाडि