रुपन्देही खबर , ४४ पटक हेरिएको
काठमाडौं, असोज २७
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–२८ बागबजार बस्ने २१ वर्षीय मिलन बस्नेत रहेका छन्।
प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई सोमबार दिउँसो पक्राउ गरेको हो। पक्राउ परेका बस्नेतमाथि घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-१०-१३ , समय : १९:३२:२९ , ५१ मिनेटutes अगाडि