रुपन्देहीको रोहिणी गाउँपालिकाका सबै सामुदायिक, मदरसा र संस्थागत विद्यालय पाँच दिन बन्द हुने

rupandehi khabar , ६२३  पटक हेरिएको

भैरहवा,जेठ २१

रुपन्देहीको रोहिणी गाउँपालिकाका सबै सामुदायिक, मदरसा र संस्थागत विद्यालय पाँच दिन बन्द हुने भएका छ्न् । अहिलेको मौसमलाई मध्यनजर गर्दै दैनिक रुपमा अत्यन्तै गर्मी बढिरहेकोले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएकाले जेठ २२ देखि २६ गतेसम्म विद्यालय बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । रोहिणी गाउँपालिकाको जेठ २१ गते आइतबारको निर्णयअनुसार विद्यालय बन्द हुने अध्यक्ष यादवले जानकारीदिनु भएको छ ।

‘वर्षे बिदाबाट बिदा कट्टा हुने गरी बिदा भएको दिन बराबर विद्यालय सञ्चालन गर्ने गरी सम्पूर्ण विद्यालयमा अध्ययन अध्यापन कार्य बन्द गर्न गराउनुहुनका साथै सरोकारवाला सम्पूर्ण पक्षलाई जानकारी गराउनुहुन निर्देशानुसार अनुरोध छ, ’सूचनामा भनिएको छ ।

प्रकाशित मिति: २०२३-०६-०४ , समय : २१:०९:०० , ३ वर्ष अगाडि