प्रकाश न्यौपाने , ५१७ पटक हेरिएको

बर्दघाट,पुस १५
न्यु लाइफ मा.वि.बर्दघाटले आयोजना गरेको न्यु लाइफ कप अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आइतबार सम्पन्न भएको छ । शनिवार देखि शुरु भएको प्रतियोगितामा अल इन्डिया तेक्वान्दो डोजाङको सह–आयोजक र राष्ट्रिय तेक्वान्दो संघको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा नवलपरासी प्रथम,भारत द्धितीय र रुपन्देही तृतीय भएको आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा २ सय ५० जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिको सहभागिता रहेको न्युलाईफ माबिका प्रन्सीपल सन्तोष अधिकारीले जानकारी दिनु भयको छ ।
प्रतियोगितामा नेपालको कन्चनपुर, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम, गुल्मी, नवलपरासी पुर्व, काठमाडौं, चितवन, काभ्रे लगायतका जिल्लाबाट खेलाडिहरुले सहभागिता रहेको थियो ।
त्यस्तै भारतको दिल्ली, गुणगाउँ, हरियाणा, गाँजियाबाद, उत्तर प्रदेश लगायतका स्थानहरुबाट प्रतियोगितामा भाग लिन खेलाडिहरु आएको खेल संयोजक विजय कुमारले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बर्दघाट नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न् गरीएको थियो ।
पुरस्कार वितरणका क्रममा ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु, बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा,न्यु लाइफ मा।वि।का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारी, संचालक सदस्य डि.बि.अधिकारी पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२४-०१-०१ , समय : ०६:२९:३१ , १ वर्ष अगाडि