रुपन्देही खबर , २६९ पटक हेरिएको
भैरहवा, पुस २२
लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले जनतालाई अधिकार सम्पन्न बनाउन संघीयताको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले संघियता गणतन्त्र र नागरीकताको समस्या जनताको माझमा पुरयाउन सके मात्र पार्टीको भबिष्य राम्रो हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।
शनिबार भैरहवामा जनता समाजवादी पार्टी, नेपाल जसपा निकट समाजवादी विद्यार्थी युनियन, नेपाल लुम्बिनी प्रदेश समितिको भेला तथा पुनर्गठन कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले यस्तो बताउनु भएको हो । उहाले आफनो पार्टीका धेरै मुद्धाहरु सम्बोधन भएको बताउनु भएको छ । मन्त्री यादवले सुशासनको लागी पनि आफनो पार्टी र नेताहरु कहि कतै नमुछिएको उल्लेख गर्नु भयो । उहाले युवा शक्तिलाई साथमा लिएर अगाडी बढे मात्र पार्टीलाई सोचे अनुरुप अगाडी बढाउन सक्ने जोड दिनु भएको छ । उहाले प्रत्येक जिल्लामा समाजबादी बिद्यार्थी युनियन गठन गर्नुपर्ने बताउदै पार्टीको बिचारलाई जनता माझ पुरयाउनु पर्ने उल्लेख गर्नु भयो । मन्त्री यादवले हरेक जिल्लामा आफुहरुको संगठन नभएकोले गर्दा पछाडी परेको गुनासो गर्नु भएको छ । उहाले लुम्बिनी प्रदेशमा बिद्यार्थी संगठनलाई मजबुत गरेर गए मात्र आउदो दिनमा भबिष्य राम्रो हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।
प्रकाशित मिति: २०२४-०१-०७ , समय : १४:१८:२० , ९ महिना अगाडि