चिसो बढेसँगै रोहिणीमा पुस २३ देखि २९ सम्म विद्यालय बन्द

रुपन्देही खबर , २५७  पटक हेरिएको

भैरहवा, पुस २२

रुपन्देहीको रोहिणी गाउँपालिकामा पुस २३ देखि २९ गतेसम्म विद्यालय बन्द हुने भएको छ । दिनप्रतिदिन चिसो बढेसँगै शितलहरको प्रकोप समेत बढेकाले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै एक साता विद्यालय बन्द गरिने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ ।

वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामूदायिक तथा संस्थागत विद्यालय र मदरसा पुस २९ सम्म बन्द रहने अध्यक्ष यादवले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०१-०७ , समय : १९:०६:०६ , ३ महिना अगाडि