जनमत पार्टी मायादेवी ३ को वडा अधिवेशन सम्पन्न,अध्यक्षमा राजकुमार सहानी

रुपन्देही खबर , ३९४  पटक हेरिएको

भैरहवा, माघ ६

जनमत पार्टी मायादेवी गाउपालिका वडा नम्बर ३ रुपन्देही को वडा अधिवेशनले राजकुमार सहानीको अध्यक्षतामा १७ सदस्यीय वडा समिती निर्वाचित गरेको छ ।

जसको महिला उपाध्यक्षमा नेपाली आरख, पुरुष उपाध्यक्ष्ँमा उपाध्यक्षमा सुर्यमान ठाकुर, सचिवमा राजेन्द्र ठाकुर, कोषाध्यक्षमा दिपक यादव,र सह सचिवमा बिक्रम मल्लाह निर्विरोध निवार्चित हुनु भएको छ । यस्तै गरी सदस्यहरुमा ईन्द्रावती चाई, जमुना हरिजन, अवध नारायण सहानी, लक्ष्मन सहानी, पार्वती चाई, शान्ति देवी हरिजन, त्रिलोकी काँहार, सुनिता मल्लाह, रम्भा मल्लाह, दिनेश लोध र बिक्रम लोध रहनु भएकोे छ ।

जनमत संस्कृति संघ मायादेवीका अध्यक्ष अध्यक्ष राजेन्द्र ठाकुरको अध्यक्षता तथा जनमत पार्टीको केन्द्रीय सदस्य निलम कुमारी यादवको प्रमुख आतिथ्यतामा वडा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा निवर्तमान गाउपालिका सहसचिव रामकरण भुजको स्वागत मन्तब्य रहेको कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य संजय मिश्र, जनमत पार्टीका सिनपाका पुर्व अध्यक्ष बद्री मौर्य, पुर्व अध्यक्ष हरिकेश हरिजन, पुर्व कोषाध्यक्ष राम बेलास काँहार, युवा नेता रुपचन यादव, जनमत संस्कृति संघ मायादेवीका अध्यक्ष अध्यक्ष राजेन्द्र ठाकुर लगायतले बोल्दै नव निर्वाचित समितीलाई एकजुट भएर काम गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा राम करन भुज, जनमतका युवा नेता राम प्रसाद लोध रामु, निरज यादव, जनमत पार्टी मायादेवी ५ का वडाध्यक्ष छठ्ठु सहानी, जनमत पार्टी मायादेवी गाउपालिका वडा नम्बर ८ का वडाध्यक्ष शशिकला पाण्डे, जनमत पार्टी मायादेवी २ का वडाध्यक्ष बिनय गुप्ता, मायादेवी वडा नम्बर ५ कोषाध्यक्ष अजय सहानी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन जनमत पार्टीका निर्बतमान मायादेवी गाउपालिका सचिव मनोज जयसवालले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-२० , समय : १८:४७:५० , ३ महिना अगाडि