पार्वती थारु , ४२४ पटक हेरिएको
भैरहवा, माघ २६
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं. १३ मा अवस्थित श्री सेमरी आधारभुत विद्यालयमा विहिबार विद्यार्थीसगँ वडा अध्यक्ष कार्यक्रम २०८० सम्पन्न भएको छ ।
समुन्नत ,सुरक्षित र वातावरणमैत्री सुन्दर सहर सुसाशनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर भन्ने मुल नारासहित विद्यार्थीसगँ वडा अध्यक्ष कार्यक्रम गरिएको हो । कार्यक्रममा श्री सेमरी आधारभुत विद्यालयमा अध्ययारत विद्यार्थीहरुले पाठ्य पुस्तक, पुस्तकालय लगायत खेल्ने शैक्षिक सामग्रीको आवश्यकता रहेको बताएका थिए । यस्तै कक्षाकोठाको उचित व्यवस्थापनका गरिदिनका लागी वडा अध्यक्ष सगँ माग गरेका थिए । विद्यार्थीहरुको मागलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष नारायण ढकालले विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्रीका लागी रु २५ हजार वडाबाट दिने घोषणा गर्नु भएको छ । उहाले विद्यार्थीको गुणस्तरीय शिक्षाका लागी वडाले प्रत्येक विद्यालयमा अनुगमन, रेखदेख, र नियमन गर्ने गरेको बताउनु भयो । श्री सेमरी आधारभुत विद्यालयमा भौतिक अवस्था सुधारको आवश्यकता रहेको बताउदै छिटो भन्दा छिटो सुधार गरिदिन वडा अध्यक्ष सगँ विद्यालयका प्रध्यानाध्यापक गोविन्द प्रसाद उपाध्ययले अनुरोध गर्नु भएको छ । उहाले विद्यार्थीका लागी किताव र शैक्षिक सामग्रीका लागी वडा दिने सहयोगले शिक्षण गर्न सहज हुने बताउनु भयो ।
तिलोत्तमा नगरपालिका वडा नं १३ बालमैत्री समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा समितिका प्रतिनिधि, सचिव, सदस्य ल, विद्यालयका प्राचार्य, शिक्षकशिक्षिका तथा वालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०२-०९ , समय : ०९:२०:३७ , १० महिना अगाडि