तिलोत्तमा १३ मा जारी सेमिफाइनलमा खेलमा फर्साटिकर बिजयी

पार्वती थारु , १६६  पटक हेरिएको

तिलोत्तमा, फागुन २४

अन्तिम सेमिफाइनलमा फर्साटिकर युवा क्लव,फर्साटिकर बिजयी हुदै फाइनलमा प्रवेश गरेको छ । न्यु सिर्जना युवा कल्बको आयोजनामा जारी छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगिताको बुधबारको अन्तिम सेमिफाइनल खेलमा फर्साटिकर युवा क्लव,फर्साटिकर बिजयी भएको हो । झरना स्पोस्ट्क्लव,कुञ्जलापुर भर्सेज फर्साटिकर युवा क्लव,फर्साटिकर बिच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा सञ्चालन भएको खेलमा पुरा समयमा दुवै टिमबाट १-१ गोल भएकाले खेल टाइब्रेकरमा गएको थियो। जसमा फर्साटिकरले झरनालाइ ५ को विरुद्ध ६ गोल गर्दै फर्साटिकर फाइनल प्रवेश गर्न सफल भएको छ ।

खेलको म्यान अफ द म्याच फर्साटिकर युवा क्लवका खेलाडी जर्सी नं १५ आशिष राना भएका थिए । उनलाई खेल कार्यक्रमका अतिथि तथा चिल्हिया प्रहरी चौकीका प्रमुख सुदन पन्थीले खेलाडीलाई नगद राशी सहित ट्रफी प्रदान गर्नु भएको थियो । प्रतियोगीताको फाइनल खेल यहि फागुन २६ गते दिउसो २ वजे देखि न्यु सिर्जना युवा कल्बको खेल मैदानमा सुरु हुने कल्बका प्रचार प्रसार संयोजक तथा सल्लाहाकार धनवहादुर चौधरीले बताउनु भएको छ ।

आज ४० वर्ष माथि उमेर समुहको भेन्ट्रान्स खेल तिलोत्तमा ११ र सिद्धार्थनगर ११ वीच खेल हुने छ । तिलोत्तमा १३ निवासी स्व.खगी गुरुङसेनीको स्मृतिमा छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगीतामा क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेको छ । प्रतियोगिताका विजेता टिमले रु १ लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यस्तै विद्यागत उत्कृष्ट खेलाडीलाई रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता खेलाडीलाई रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई रु.३ हजार नगद राशी सहित मेडल र प्रमाण पत्र र उदयमान खेलाडीलाई रु.३ हजार नगद सहित मेडल र प्रमाण पत्रले सम्मान गरिने छ । ।

प्रकाशित मिति: २०२४-०३-०७ , समय : ०९:००:३८ , १ महिना अगाडि