ओमसतिया वडा कार्यालय २ द्धारा खेलकुद सामग्री वितरण

रुपन्देही खबर , ३२६  पटक हेरिएको

भैरहवा, चैत १

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले वडामा रहेका युुथ क्बल अफ पडसरी, द राइजिङ्ग क्बल अफ वर्दिहवा र कर्मज्योती युुथ क्बललाई बुधबार खेलकुद सामग्री वितरण गरेको छ ।

चालु आर्थिक वर्षको लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडा कार्यालयले तीनवटा टीमका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेको हो । ओमसतिया–२ का वडाअध्यक्ष सितल जि.टी.को प्रमुख आतिथ्यतामा भएको खेलकुद सामग्री वितरण कार्यक्रममा वडा सदस्य विक्रम यादव, राजकुमारी चौधरी, सुधा हरिजन र कलाधर लम्सालले खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गर्नु भएको थियो । साथै वडा कार्यालयले गाउँगाउँमा पुगेर खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरेको वडाअध्यक्ष जि.टी.ले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०३-१४ , समय : ०८:२९:१२ , २ महिना अगाडि