भैरहवाको द दरबार बैक्विटमा यहि चैत्र ३,४ र ५ गते आध्यात्मिक प्रवचन हुने

उर्मिला यादव यात्री , १८८  पटक हेरिएको

भैरहवा, चैत्र १

अखिल नेपाल सन्तमत सतसंग केन्द्रिय समितीले रुपन्देहीको भैरहवामा आफनो १२ औं महाधिवेशन गर्ने जनाएको छ । समितीले आज भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा महात्माहरुले बैदिक सनातन धर्मको बिषयमा आध्यात्मिक प्रवचन गर्ने अखिल नेपाल सन्तमत सतसंग केन्द्रिय समितीको महासचिव बिरेन्द्र कुमार शाहले जानकारी दिनु भएको छ । उहाले यो प्रवचन यहि चैत्र ३, ४ र ५ गते त्रिदिवसिय कार्यक्रम सिद्धार्थनगर ६ गल्लामण्डीको द दरबार बैक्विट भैरहवामा हुन गैरहेको बताउनु भएको छ । यो कार्यक्रम बिहान ६ बजेदेखि भजनकिर्तन बाट सुरु हुने आयोजकले जानकारी दिएको छ । यस्तै गरी बिहान आठ बजेदेखि ११ बजेसम्म प्रवचन, बिहानको प्रवचनको शिर्षक बेदपुराणको पाठ जुन दिन गरिन्छ त्यो दिनको त्यही शिर्षकको आधारमा प्रवचन हुने महासचिव शाहले बताउनु भयो । उहाले बिहान ११ बजेदेखी दिउसो २ बजे देखी भण्डाराको आयोजना हुने जानकारी समेत दिनु भएको छ ।

उहाले दिउसो २ बजेदेखी ३ बजेसम्म पुन भजनकिर्तन हुने बताउनु भयो । उहाले कार्यक्रममा रामायणको पाठ हुने र त्यही शिर्षकको आधारमा महात्माहरुले दिउसो ३ बजेदेखि साझ ६ बजेसम्म प्रवचन गर्ने बताउनु भएको छ । उहाले महर्षि मेंही आश्रम कुप्पाघाट भागलपुरबाट आउने महात्माहरु प्रसिद्ध पुरुष भएको जानकारी गराउदै महात्माहरुको त्रिबेणीको सतसंगमा अर्थात प्रवचनबाट यहाका नगरबासीहरु लाभ उठाउन भन्ने उदेश्यका साथ आध्यात्मिक प्रवचन हुन लागेको जानकारी दिनु भएको छ ।

उहाले यस क्षेत्रका मानिसहरु प्रवचन सुन्नका लागी हरिद्धार, ऋषिकेश ,बनारस, बिन्द्राबन लगायतका ठाउमा पुग्ने गरेकोले यसको आयोजना भैरहवामा गर्न लागेको बताउनु भएको छ । उहाले नेपालको जनकपुर, बिराटनगर, झापा, सुनसरी,काठमांडौंमा भैसकेको समेत जानकारी दिनु भएको छ । उहाले सत महात्माको प्रवचन सुन्नका लागी रुपन्देही बासीलाई आग्रह गर्नु भएको छ । छलफल कार्यक्रममा बिभिन्न सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०३-१४ , समय : २०:००:२२ , ४ हप्ता अगाडि