प्रलय आए पनि अब कुनै पार्टी संग गठबन्धन नगर्ने गगन थापाको प्रतिबद्धता

उर्मिला यादव , २५४  पटक हेरिएको

भैरहवा, चैत १६

नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री गगन थापाले नेपाली कांग्रेसले अब कुनै पार्टी संग गठबन्धन नगर्ने बताउनु भएको छ । उहाले चुनाव भन्दा अगाडी प्रलय नै आए पनि कुनै पार्टी संग गठबन्धन नगर्ने प्रतिबद्धता गर्नुभएको हो । नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिती क्षेत्र नम्बर ३ रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रतिनिधी सभा सदस्य समेत रहनु भएको नेता थापाले चुनाव भन्दा अगाडी गठबन्धन गर्ने बाटोमा झिर्नु नै गलत भएको दाबी गर्नु भएको छ । उहाले गठबन्धनले पार्टीमा मात्र नभई सिंगो पद्धतीमा नै बिकृती आएको उल्लेख गर्दै महिलाहरु धेरै अवसरहरुबाट बन्चित समेत हुनु परेको बताउनु भयो ।

उहाले २०८४ मा हुने चुनावको बिषयमा चिन्ता नलिन कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ । उहाले राजनितीमा कर्म गर्नुपर्ने उल्लेख गर्दै आम जनतामा आएको निरासालाई चिर्नुपर्ने बताउनु भएको छ । उहाले पछिल्लो समय संबिधान जोगाउनुपर्ने उल्लेख गर्दै उद्योग धन्दा, कलकारखाना ब्यवसायहरु चौपट भएको समयमा यसलाई पुनस्थापना गर्नुपर्ने बेला आएको र यस्ता कर्म गर्नुपर्ने बताउनु भयो ।

उहाले यस्ता कर्मबाट नै जनताहरुमा भएको निरासा हटने भएकोले जनताको पक्ष र हितमा काम गर्न सबैलाई आग्रह गर्नु भएको छ । उहाले पार्टी भित्र ठुलो एकताको आवश्यकता भएको बताउदै यस बिषयमा केन्द्रमा समेत छलफल भैरहेको उल्लेख गर्नु भयो । उहाले भन्नु भयो केही एकता बिधानसंग जोडिएको छ । चुनावमा टिकट बाडने कुरा, उम्मेदवार छनोट गर्ने , पार्टीको सदस्यता दिने कुरा लगायत बिधिबिधानमा सुधार गर्नुपर्र्ने छ भने सुधार गरौं । वडा देखी माथि सम्म चुनाव गर्नुपर्ने परिपाटी बदल्नुुपर्ने बताउनु भयो । उहाले चुनाव गर्दा खेरी पार्टी भित्र गुट बनाउन नपाउने निती ल्याउने बताउनु भएको छ ।

उहाले २०४८ सालदेखी ५१ साल सम्म नेपाली कांग्रेसले सरकार चलाउदा धेरै जोखिम मोलेर दुर्दशी निणर्यहरु गरेकोले नै आज धेरै परिर्वतन आएको जिकिर गर्नु भयो । उहाले २०४८ सालमा नेपाली कांग्रेसको बहुमत हुदा हुदै पनि त्यसलाई थेग्न नसक्नु नै ठुलो गल्ती भएको बताउनु भएको छ । उहाले सुशासनका सन्र्दभमा भएका कमीकमजोरीलाई स्वीकार गर्दै सच्चिनुपर्नेमा जोड दिनु भएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनालको स्वागत मन्तब्य रहेको कार्यक्रममा सिनपा वडा नम्बर १३ का वडा सभापति , सिनपा १० का वडासभापति टिका जिसी, ४ का वडासभापति नरेन्द्र रौनियार, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति शैलेन्द्र प्रसाद श्रेष्ठ, केन्द्रिय प्रतिनिधी महेश्वर शर्मा पौडेल, सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कुल प्रसाद न्यौपाने, सिनपा ८ का कृष्ण प्रसाद शर्मा, शैलेश कुमार पन्त, क्षेत्रिय महाप्रतिनिधी बसन्त लाल कर्ण, सिनपा श्याम खनाल, पुर्व महाधिवेशन प्रतिनिधी भरथरी यादव लगायतले आ आफनो भनाइ राख्नु भएको थियो भने कार्यक्रम संचालन क्षेत्र नम्बर ३ का सचिव एवम प्रवक्ता लेखनाथ भट्टराईको गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०३-२९ , समय : १०:५२:०३ , ७ महिना अगाडि