कोटहीमाई गाउपालिकाको १३ औं अधिवेशन तथा गाउसभा सम्पन्न

उर्मिला यादव यात्री , १३३  पटक हेरिएको

भैरहवा, चैत २२

कोटहीमाई गाउपालिकाको १३ औं अधिवेशन तथा गाउँसभा सम्पन्न भएको छ । बुधबार मझगावामा भएको अधिवेशन तथा गाउसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले कोटहीमाईको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

उहाले गाउपालिकामा भएका कमीकमजोरीलाई जनताले झकझकाउनुपर्ने बताउदै आफुले पक्षपाक्षपुर्ण तरिकाले कार्य नगरेको बताउनु भएको छ। उहाले गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत नभएको कारणले पुसमा गर्र्नुपर्ने गाउसभा चैतमा गर्नुपरेको बताउनु भएको छ । उहाले सहि दिशामा गएर सही काम गर्न आग्रह गर्नु भएको छ । उहाले गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएको बताउदै उत्तरदायी भएर अधुरा रहेको योजनाहरु पुरा गर्दै जाने बताउनु भएको छ ।

उहाले यो आर्थिक बर्षमा ५ देखी ६ करोड सम्मका बजेट कटौती हुने अवस्थामा पुगेको गुनासो गर्नु भयो । उहाले जनतासँग सल्लाह सुझाव लिएर अघि बढेको बताउदै शिक्षा क्षेत्रको विकास बिना समग्र विकास हुन नसक्ने भएकाले अन्य क्षेत्रको बजेट कटौती गरी शिक्षामा लगानी गरी शैक्षिक गुणस्तर सुधारका निम्ति काम गर्दै आएको बताउनु भएको छ ।


उहाले गाउपालिकामा त्रुटिपुर्ण तरिकाले बजेट बनेको बताउनु भएको छ । उहाले बजेट माग गरेको ठाउ अनुसार नभइ अनावश्यक शिर्षकमा आएकोले काम गर्न कठिनाइ भएको बताउनु भएको छ । उहाले गाउपालिकाको बिकासमा स्थानिय सकरात्मक हुुनुपर्ने जोड दिनु भएको छ । उहाले गाउपालिकामा बिद्युतीकरण माध्यमबाट सिचाई योजना सुरु वडा नम्बर १,२ र ३ बाट सुरु भएको र आगामी दिनमा अन्य वडाबाट सुरु गर्ने बताउनु भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सचिव झबिलाल भटटराईले कोटहीमाइ गाउपालिकाले २ वटा ऐनहरु, २ वटा नियमावलीहरु , गाउपालिका संचालन सम्बन्धी नितीहरु, तथा कार्यबिधीहरु बनाएको बताउनु भएको छ । उहाले सरकारको निती अनुरुप प्राप्त हुने बजेट मध्ये बाट ४५ प्रतिशत बजेट कटौती हुने संकेत सहितको पत्र प्राप्त भएकोले गाउपालिकाको ६ करोड बराबरका योजनाहरु प्रभाबित हुने अवस्थामा रहेको बताउनु भएको छ । गाउपालिकामा भएका सबै योजना पुरा गर्ने उदेश्य भए पनि त्यो सम्पन्न हुन नसक्ने बताउदै कतिपय योजनाहरु संशोधन गरेको समेत बताउनु भएको छ ।

यस्तै गरी गाउपालिकाबाट अवकास प्राप्त गर्ने कर्मचारी गाउपालिकाका स्रोत ब्यक्ति बिपिन कुमार दुबे र कर्मचारी पल्टु प्रसाद यादवलाई सम्मान सहित बिदाई गरिएको छ । यस्तै गरी सियारी गाउपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगितामा कोटहीमाई गाउपालिका प्रथम भएकोले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई बधाइ दिदै सम्मान गरिएको थियो ।

कोटहीमाई गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिलाल भटटराईको स्वागत मन्तब्य रहेको कार्यक्रममा स्रोतब्यक्ति बिपिन कुमार दुबे, समाजसेवी गुरुबचन यादव, जगन्नाथ चौधरी , इलाका प्रहरी कार्यालय मझगावाका प्रमुख लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । १३ औं गाउँसभाले आर्थिक बर्ष २०७९,८० को बार्षिक तथा आर्थिक बर्ष २०८०,८१ को अर्धबार्षिक समिक्षा समेत गरेको छ ।

प्रकाशित मिति: २०२४-०४-०४ , समय : ११:३८:३६ , १ महिना अगाडि