जनता मा.बि.बिजगौरीमा अभिभावक भेला, ९ सदस्यीय बिद्यालय ब्यवस्थापन समिती चयन

उर्मिला यादव, सर्वेन्दर यादव , ३९१  पटक हेरिएको

भैरहवा, चैत २६

श्री जनता माध्यमिक बिद्यालय बिजगौरीको बिद्यालय ब्यवस्थापन समिती छनोट गरिएको छ । आइतबार बिद्यालयले अभिभावक भेला गरी ९ सदस्यिय कार्य समिती चयन गरेको हो । भेलाबाट ४ जना सदस्यहरुलाई छनोट गरिएको छ । जसमा रुपा केवट , मनरावती धोबी , तुलसीराम बरई, र राममिलन मल्लाह रहनु भएको छ । बाकी समितीलाई छनोट प्रक्रियाबाट चयन गरिने छ जसमा २ जना सदस्य, एक जना वडाध्यक्ष, बिद्यालयका प्रध्यानाध्यापक, एक जना शिक्षक मनोनित गरी कार्यसमितीलाई पुर्णता दिने बिद्यालयले जनाएको छ ।

अभिभावक भेलालाई सम्बोधन गर्र्दै सम्मरीमाई गाउपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले भेलाले समिती निर्बिरोध बनाएकोमा सबैलाई धन्यावाद दिनु भएको थियो । उहाले यस बिद्यालयको बिकासको मापदण्ड अनुर
एहाले बिद्यार्थीहरुको सहजताको लागी गत बर्ष ४५ लाख रुपैया बजेट बिनियोजन गरी भवन निमार्ण गरेको बताउनु भएको छ । उहाले भवन पुर्ण रुपमा नबनेकोले अधुरा कामहरु पुरा गर्दै जाने बताउनु भएको छ उहाले यस बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै कक्षा ११सम्म संचालनका लागी पहल गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले बिद्यालयको शिक्षकको मात्र नभइ अभिभावकको समेत उत्तिकै भुमिका भएकोले आफना बालबालिकालाई बिशेष ख्याल गर्न आग्रह गर्नु भएको छ उहाले बिद्यार्थीको शैक्षिक गुणस्तर ठिक भएन भनेर बिद्यालयलाई दोष लगाउन भन्दा पनि अभिभावकले पनि आफनो भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले यस बिद्यालयलाई गुणस्तरीय बनाउनमा शिक्षक, अभिभावक लगायत सबै उत्तिकै जिम्मेवार रहेको उल्लेख गर्दै सबैलाई यसमा हातेमालो गर्न आग्रह गर्नु भएको छ ।

यस्तै गरी अभिभावक भेलालाई सम्बोधन गर्दै सम्मरीमाई गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिवाकर प्रसाद दुबेले यस बिद्यालयमा बिद्यालय ब्यवस्थापन समिती छनोट हुनु नै नमुना कार्य भएको बताउनु भएको छ । उहाले बिद्यालयमा राजनिती नगर्न आग्रह गर्दै नया कार्यसमितीलाई बधाई दिनु भएको छ । उहाले छनोट भएका नयाकार्य समितीलाई बिगतमा बिद्यालयमा भएका त्रुटीहरु नदोहर््याउन आग्रह गर्दै बिद्यालयको शैक्षिक बिकास र गुणस्तरमा ध्यान दिन आग्रह गर्नु भएको छ । वडाध्यक्ष दुबेले कक्षा ११ र १२ सम्म संचालन गर्न आफुले पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

भेलामा शिक्षा शाखा अधिकृत बिष्णु प्रसाद बेल्वासे, सामाजिक संयोजक अजय कुमार गुप्त, शिक्षा समिती सदस्य बिक्रमजित लोध, बिद्यालयका प्रधानाध्यापक मक्खन लोध लगायतले छनोट भएका नया कार्यसमितीलाई बधाइ तथा शुभकामना दिदै बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आग्रह गर्नु भएको थियो । भेलामा सम्मरीमाइ गाउपालिका वडा नम्बर ४ का वडासदस्य राजिन्द्र गुप्ता, रामअवध भर, कार्यपालिका सदस्य बिनोद कुमार बरुण, समाजसेवी संदीप त्रिपाठी, पवन कुमार सिंह, अवधेश पासवान, चुन्नीलाल चौधरी लगायत अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०४-०८ , समय : १०:३५:२० , ८ महिना अगाडि