राष्ट्रिय जनमुक्ति पार्टी तिलाेत्तमा नगर समितिद्वारा शुभकामना आदानप्रदान

पार्वती थारु , १९३  पटक हेरिएको

भैरहवा, चैत ३०

रुपन्देहीको तिलाेत्तमा ९ मंगलापुरमा शुक्रबार राष्ट्रिय जनमुक्ति पार्टी तिलाेत्तमा नगर समिति रुपन्देहीले शुभकामना आदानप्रदान गरेकाे छ । नयाँ वर्ष २०८१ काे अवसरकाे पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रमकाे आयोजना गरेकाे हाे । प्रमुख अतिथि तथा राष्ट्रिय जनमुक्ति पार्टीका कार्याकारि अध्यक्ष केशव वहादुर (सुर्यवंशी) ले नयाँ वर्षले पार्टीलाई सफल बनाउन ऊर्जा थपाेस् भन्दै शुभकामना दिनु भएको छ । उहाँले अबकाे ८४ मा राष्ट्रिय जनमुक्ति पार्टीकाे नेतृत्वमा सरकार बन्ने दावि गर्नु भयाे । यसैगरि पार्टी उपाध्यक्ष डा .हाजि हसनले बाेल्दै अब समय थाेरै भएकोले नेतृत्व गर्नका लागि संगठित बन्न आग्रह गर्नु भएको थियो ।

यस्तै गरि कार्यक्रममा पार्टि लुम्बिनी प्रदेश नं ५ अध्यक्ष झमबहादुर गुरुङले शुभकामना मन्तव्य दिदै हामी अहिले सडक र आन्दोलनमा रहेकाे बताउनु भएको छ । उहाले राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महाविर पुनकाे सहयाेग गर्न आग्रह गर्नु भएको छ । उहाँले राष्ट्रिय जनमुक्ति पार्टी यस्तै सेवाभाव र सत्कर्मले राष्ट्रकाे लागि र देशका जनताका लागि भलाे गर्दै आईरहेकाे र गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

कार्यक्रममा पार्टीका भुमबहादुर बुढा, युवा संगठनका शंकर गाहा , महिला माेर्चाका आशा गुरुङ , ज्याेति थापा, छत्र बहादुर दर्लामी लगायतले बाेल्दै नयाँ वर्षको अवसरमा यसरी शुभकामना आदानप्रदान गर्न पाउँदा आयाेजकलाई धन्यवाद समेत दिनु भएको थियाे । साथै सुख , समृद्धि , शान्ति , र सफलताकाे कामना समेत व्यक्त गर्नु भएको थियाे ।
राष्ट्रिय जनमुक्ति पार्टी तिलाेत्तमा नगर समिति रुपन्देहीका अध्यक्ष राधिका श्रीसकाे अध्यक्षता रहेकाे कार्यक्रममा स्वागत मन्तव्य मदन विरकट्टा मगरले राख्नु भएको थियाे । कार्यक्रममा पार्टीका पदाधिकारी , प्रतिनिधि, सल्लाहकार , सदस्य , प्रदेश अध्यक्ष , जिल्ला अध्यक्ष , विभिन्न वडावाट प्रतिनिधि गर्ने अध्यक्ष, प्रदेश समितिका सदस्यहरु, संघिय महासभा सदस्य लगायतकाे सहभागिता रहेकाे थियाे ।समितिका सचिव अम्मर गेलाङले कार्यक्रमकाे सन्चालन गर्नु भएको थियाे ।

प्रकाशित मिति: २०२४-०४-१२ , समय : १७:५७:३५ , १ महिना अगाडि