सिद्धार्थनगरमा मेयर आवासले ल्याएको खुसी

मोनिका बस्याल , २०३  पटक हेरिएको

भैरहवा, बैशाख २२

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ की ५५ बर्षिय लक्ष्मी थापा अहिले केही भए पनि आफु सुरक्षित भएको महसुुुस गर्छिन । बिगत लामो समयदेखि छानोको झुप्रोमा बस्दै आएकी थापालाई सिद्धार्थनगर नगरपालिकाले मेयर आवास अन्तर्गत २ कोठे टिनको भवन सहित शौचालय निर्माण गरेपछि पहिला भन्दा उनलाई अहिले धेरै राहत भएको छ । आर्थिक अवस्था कमजोर भएकी थापा अहिले भैरहवाको बिस्कृुट फयाक्ट्रीमा काम गर्दै आएकी छन । छानोको झुप्रोमा बस्दा पानी चुहिने समस्या लगायत सर्पहरु घरभित्र पस्दा कहिले के हुने हो भन्ने डरमा जिवन बिताउदै आएकी थापालाई नगरपालिकाले भवन निमार्ण गरेपछि धेरे सहज भएको बताउछिन । उनको परिवारमा उनको श्रीमान, बुहारी र एक नाति छन । घरमा बिभिन्न किसिमका समस्याहरुले घर निमार्ण गर्न सकेको थिएन तर नगरपालिकाले २ कोठे भवन निमार्ण गरेपछि अहिले धेरै सहज भएको छ उनी खुसी हुदै भनिन । हामी बिपन्न समुदायका लागी नगरपालिकाले भवन निमार्ण गरेर धेरै सहयोग गरेको थापाले बताइन । तर अतिआवश्यक पर्ने शौचालयमा गुणस्तरीय सामान प्रयोग नगर्दा डेढ बर्षमा नै उनले प्रयोग गर्ने शौचालयको सीट नै फुटेर समस्या सिर्जना भएको उनले गुनासो गरिन ।

यस्तै गरी सिद्धार्थनगर ८ भैरहवा की कान्ती हरिजनको मुहारमा बिगत डेढ बर्ष देखी खुसी थपिएको छ । २ छोरा संगै बस्दै आएकी ५० बर्षिय हरिजन भैरहवामा आफनै जग्गा भएर घर बनाउन नसकिरहेको अवस्थामा मेयर आवास अन्र्तगत २ कोठे भवन र शौचालय निमार्ण भए पछि अहिले उनको खुसीको सिमा नै छैन । उनी एकल महिला हुन । आर्थिक अवस्था कमजोर भएकोले आफनै जग्गा भएर पनि घर बनाउन नसकेको उनले बताइन । आफनो घर नहुदाको पिडा सुनाउदै आफनो घर बनाउने सपना सिद्धार्थनगर नगरपालिकाले पुरा गरेकोमा उनी खुसी छिन । आर्थिक अवस्था कमजोर थियो घर बनाउन नसकेर भाडामा बस्दै आएकी थिए तर मेयर आवासले बिपन्न समुदायका लागी भगवान नै साबित भएको उनी सुनाइन ।

मेयर आवास अन्र्तगत एक शौचालय सहित २ कोठे भवन निमार्णका सुबिधा पाएका थापा र हरिजन एक उदाहरणका पात्र मात्रै हुन । सिद्धार्थनगर नगरपालिकाले विपन्न वर्गका लागि घर निर्माणको योजनासहित मेयर आवास नीति तथा कार्यक्रम ल्याए संगै बिपन्न समुदायलाई अहिले धेरै राहत भएको छ ।

सिद्धार्थनगरमा मेयर आवास कार्यक्रम सञ्चालनले आवास नहुनेका लागि निकै राम्रो कार्य गरेको बिपन्न समुदायको भनाइ छ । मेयर आवास कार्यक्रम निवर्तमान नगर प्रमुख हरि प्रसाद अधिकारीको पालामा यो कार्यक्रम लागु भएको हो। सिद्धार्थनगर नगरपालिको वडा नम्बर १, २ ,३, ८, ९, १०, ११, १३ मा यो कार्यक्रम संचालन भएको यसले निकै ठुलो प्रभाव पारेको छ । हेर्दा अत्यन्तै राम्रा र चिटिक्क परेका पहेलो बुद्धरंगमा निर्मित घरले बुद्धनगरीको झल्को दिने गरेको छ। यो कार्यक्रम सुरु भए देखी कुल १८२ घर बनेको नगरपालिकाले जनाएको छ । गत बर्ष कार्यक्रममा ३ लाख लगानीमा एउटा भवन बनेको नगरपालिकाका इन्जिनियर कृष्ण ज्ञवालीले जानकारी दिनु भएको छ ।

आवास निर्माण गरिदिने क्रममा विपन्न व्यक्तिको घरको क्षेत्रफल, भुइँ, गारो, तथा छानाको किसिम र प्रयोग भएको जग्गाको क्षेत्रफलका आधारमा अङ्क प्रदान गरिने र अन्य आधार पूरा गरी न्यूनतम अङ्क प्राप्त गर्ने परिवारलाई मात्र लाभग्राहीको रुपमा छनोट गरिदै आएको इन्जिनियर ज्ञवालीले बताउनु भयो ।

यस्तै गरी मेयर आवास कार्यक्रमले विपन्न वर्गका जनतालाई फलदाय भएको हुँदा नगरपालिकाले अहिले २०८१ को कार्ययोजनामा पनि मेयर आवास कार्यक्रमका लागि ३५ लाख बजेट छुट्याएर करिब ४÷५ घर धुरी बनाउने तयारी र योजना बनाएको नगरपालिकाका अधिकृत योगराज पान्डेले जानकारी दिनु भएको छ ।

मेयर आवास कार्यक्रम निवर्तमान नगर प्रमुख हरि प्रसाद अधिकारीको पालामा बि.स २०७७ सालमा लागु भएको हो । सिद्धार्थनगरमा मेयर आवास कार्यक्रम सञ्चालनमा आए देखी विपन्न समुदायलाई निकै सहयोग पुगेको छ । यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन बनेका घरहरुको निरीक्षण गरी पुुन निमार्ण गर्नुपर्ने कार्यलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।

प्रकाशित मिति: २०२४-०५-०४ , समय : ०६:०६:५२ , २ हप्ता अगाडि