नेशनल प्याब्सनद्वारा अंग्रेजी विषय शिक्षकका लागि शिक्षण सिकाई कार्यशाला सम्पन्न

रुपन्देही खबर , १२७  पटक हेरिएको

बुटवल, जेठ ११

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल नेशनल प्याब्सन रुपन्देहीले बुटवलमा अंग्रेजी विषयका शिक्षकहरुका लागि एक दिने गुणस्तरीय शिक्षण सिकाई कार्यशाला सम्पन्न गरेको छ । नेशनल प्याब्सनका अध्यक्ष बिलप्रसाद गुरुङको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय सदस्य बालाकृष्ण तिवारीको प्रमुख आतिथ्यतामा बुटवलमा नेशनल प्याब्सन मातहतका संस्थागत विद्यालयमा अध्यापन गराउने अंग्रेजी विषय शिक्षकहरुका लागि एक दिने गुणस्तरीय शिक्षण सिकाई कार्यशाला सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन गर्दैनेशनल प्याब्सनका केन्द्रीय सदस्य तिवारीले शिक्षकहरुमा शिक्षण सिकाईलाई अझ निखार्न र शिक्षामा गुणस्तर वृद्धि गर्न शिक्षकका लागि कार्यशाला फलदायी रहेको बताउनुभएको छ ।

कार्यक्रममा नेशनल प्याब्सनका प्रदेश सहसचिव जेवी क्षेत्री, सहअध्यक्ष तिलब केसी, उपाध्यक्ष बाबुराम बन्जाडे, नेशनल प्याब्सनका कोषाध्यक्ष विनोद थापा मगर लगायतले शिक्षकको स्तरवृद्धि र सिकाई उपलब्धी हासिल गर्न तालिम सकारात्मक रहेको बताउनुभएको थियो ।


कार्यक्रममा पाठ्यक्रममा आधारित अंग्रेजी विषयको अध्यापन, शिक्षण सिकाईमा सरलता, विद्यार्थीलाई पढाउने र सिकाउने सरल र सहज तरिका लगायतका विषयमा केइडिसी पब्लिकेशनका प्रशिक्षक प्रा.डा विनोद लुईट्टल र डा. नारायणराज पनेरुले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा संस्थागत विद्यालयको कक्षा ४ देखि ७ सम्मका एकसय जना भन्दा बढी शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको संचालन नेशनल प्याब्सनका सचिव अमित यादवले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०५-२४ , समय : १०:४१:०९ , ४ महिना अगाडि