सुस्तामा स्वास्थ्य पशु ,कृषि बिमा सचेतना कार्यक्रम सम्पन्न

सितमती हरिजन , १७८  पटक हेरिएको

नवलपरासी, जेठ १५

नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर २ को कार्यालय कुडियाले स्वास्थ्य पशु ,कृषि बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सुस्ता गाउँपालिका वडा नं २ का वडाध्यक्ष कृष्णलाल मुखियाको अध्यक्षता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको होे ।

कार्यक्रममा बोल्दै सुस्ता गाउपालिका अध्यक्ष उपाध्यायले सबै वडामा स्वास्थ्य र पशुको बिमा गर्नुपर्ने बताउनु भएको छ । उहाले गोठ सुधार कार्यक्रमका लागी अनुदान रकम दिदा पनि प्रभावकारी नभएको बताउनु भएको छ । उहाले बाख्रापालनका लागी बाख्रा अनुदानमा दिए पनि त्यो नपालेर काटेर खाइदिदा पालिकाले सहयोग गरेको पनि खेर गएको बताउनु भएको छ । उहाले पशुपालनका लागी अनुदान लिएका कृषकहरु अनुदानको दुरुपयोग गरेकोले अब त्यस्तो कार्य गर्नेलाई कारबाही गर्नुपर्ने बताउनु भएको छ ।

यस्तै गरी वडा नम्बर २ का वडाध्यक्ष कृष्णलाल मुखियाले पशुको बिमा गर्नुपर्ने बताउनु भएको छ । उहाले सबै वडा वडामा स्वास्थ्य र पशुको बीमा हुनै पर्ने उदाहरण दिदै स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोगमा सुधार ल्याउने, सामाजिक स्वास्थ्य लगायतका बिषयमा बोल्नु भएको थियो ।
यस्तै गरी सुस्ता गाउँपालिकाका उपाध्यक्ष गीता चौधरीले स्वास्थ्य पशु बीमाको महत्व, फाइदा, दर्ता र कार्यशीलता समयावधि, लगायतको बिषयमा सहजीकरण गर्दै पशु स्वास्थ्य गराउनुको फाइदा र सुरक्षाको बिषयमा जानकारी यसको महत्व लगायतको बिषयमा जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति: २०२४-०५-२८ , समय : ०८:१२:२९ , ४ हप्ता अगाडि