धुम्रपान तथा सुर्तीजन्य पदार्थकाे प्रभाव र नियन्त्रण सम्बन्धि अन्तरक्रिया

सुरेश यादव , १०९  पटक हेरिएको

नवलपरासी, जेठ १८

पश्चिम नवलपरासीको परासीमा विश्व धुम्रपान रहित दिवसकाे अवसरमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागेश्वरी असल शासन क्लब (बास) नेपालकाे आयाेजनामा सम्पन्न भएको कार्यक्रममा बासका अध्यक्ष विष्णु राज रावकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगाैती यादव (रुदल)काे प्रमुख  आतिथ्यतामा एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । 

साे असर बाेल्दै प्रमुख अतिथि यादवले सुर्तीजन्य पदार्थको न्युनिकरणका लागि नवलपरासीका सम्पूर्ण सराेकारवाला निकाय लाग्नुपर्ने बताउनु भएको छ। यसको न्युनिकरण गर्न विद्यालय देखि समुदाय सम्म अभियानकाे रुपमा लैजानुपर्ने जाेड दिनुभयाे । उहाले यस्ताे अभियानले समाजमा पुर्ण रुपमा सुधार नदेखे पनि केही मात्रामा सुधार हुने दाबी समेत गर्नुभएको छ ।   

कार्यक्रममा सहजिकरण गर्दै स्वस्थ्य कार्यलयका निरज रानाले सुर्तीजन्य पदार्थ सेवनले हुने असर र बेफाईदाकाे बारेमा प्रकाश पार्नुभएकाे थियो । उक्त कार्यक्रममा पत्रकार सद्धाम हुसेन अन्सारी , नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैदवार, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली ,नेपाल जेसिसका कार्यकारिणी उपाध्यक्ष सन्दिप अग्रहरि ,रामग्राम जेसिस वर्ष २०२४ का अध्यक्ष माेहन पाैडेल , महिला जेसिसकि अध्यक्ष विनिता खड्का ,बास नेपालका सल्लाहकार संजय पाठक , आदर्श माविका सुचना अधिकारी निरज ज्ञवाली लगाएतले आ-आफ्नो धारणा राख्नुभयोे थियोे ।  कार्यक्रममा बास नेपाल नवलपरासीकी उपाध्यक्ष जाेगकुमारी चाैधरिकाे स्वागत मन्तब्यबाट सुरु  भएको कार्यक्रम सञ्चालन बास नेपालका राजु देवानले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: २०२४-०५-३१ , समय : २३:०१:५७ , ४ हप्ता अगाडि