मधेश आन्दोलनले जीवन प्रणालीमा परिवर्तन ल्याएको दाबी : उपेन्द्र यादव

रुपन्देही खबर , ४१०  पटक हेरिएको

भैरहवा, जेठ २२

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटयो भनेर व्यर्थमा चिन्ता नगर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ । उहाले जो गयो त्यो आफनो नभएको र जो आफनो हो त्यो साथमा भएको बताउदै यस बिषयमा चिन्ता नलिन आग्रह गर्नु भएको हो । जनता समाजवादी पार्टी नेपाल जिल्ला समिति रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष यादवले भन्नु भयो पार्टी छोडेर गएका प्रति धेरै चिन्ता नगरौं । जुन देशमा राजनीतिक स्थिरता हुँदैन त्यहाँ पार्टीको स्थिरता पनि हुँदैन ।’

नेता यादवले मधेशीहरुको हकहित र अधिकारका लागी मधेश आन्दोलन गरेको बताउनु भएको छ । उहाले मधेश आन्दोलनले मधेशी, महिला, मुस्लिम, दलित, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका प्रतिनिधित्व बढाएको र जीवन प्रणालीमा समेत परिवर्तन ल्याएको दाबी गर्नु भयो । उहाले मधेश आन्दोलन र अन्य आन्दोलनमा धेरै फरक रहेको दावी बताउनु भएको छ ।
उहाले मधेशमा ५३ प्रतिशत जनसंख्या भए पनि १२ प्रतिशत मात्र बजेट छुटयाइदा बिकासमा पछाडी परेको बताउनु भएको छ । उहाले जनसंख्याको आधारमा बिकास गर्न आग्रह गर्दै निर्वाचन प्रणालीमा समेत सुधार ल्याउन सुझाव दिनु भएको छ ।


अध्यक्ष यादवले चुनाव पनि एक लडाई र संघर्ष भएकोले नेपालको राजनीतिक इतिहासमा २००७ देखि २०८० सालसम्म कुनै पनि सरकार पाँच वर्षसम्म चल्न नसकेको बताउनु भएको छ । उहाले राजनितिक अस्थिरताका कारण देशको समुचित बिकास हुन नसकेको उल्लेख गर्दै यसले मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र बढ्ेको बताउनु भएको छ ।

उहाले गैरकानूनी रुपमा जसपा नेपाल फुटाइएको घोषणा गरिए पनि १ प्रतिशत कार्यकर्ता पनि अर्को पार्टीमा नगएको दावी गर्नु भएको छ । उहाले नेपालमा डेढ लाख क्रियाशील सदस्य छन्, तीमध्ये १ हजार पनि उता गएका छैनन् । सत्ता बचाउन जसपा नेपाल फुटाइएको आम रुपमा घोषणा गरिएको बताउनु भएको छ । अध्यक्ष यादवले पार्टीबारे नकारात्मक कुरा नगर्न समेत आग्रह गर्नु भएको छ ।

जसपा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव तथा प्रदेश अध्यक्ष राहुल यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा जसपा नेपालका नेता तथा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादव, सावित्रा बि.क., लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादव, जसपा नेपाल लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य इनामुल्लाह फकिर, जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष रामअवतार यादव, समाजवादी युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष बिकास यादव, जसपा नेपाल रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले बोल्दै पार्टीलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्यहरु मधु सिंह , रेनु चौधरी, रिता कुमारी यादव, मुन्नालाल गुप्ता, जसपा नेपालका संघिय परिषद अध्यक्ष तथा रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादव, जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष चन्द्रभामा हरिजन, मगरात राष्ट्रिय समितीका लुम्बिनी प्रदेश अध्यक्ष कमल बुढामगर, जसपा नेपाल लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य इनामुल्लाह फकिर, सरोजा बरइ, लुम्बिनी प्रदेश सदस्य बच्चुलाल केवट, मातृका यादव, गौतम यादव लगायतको सहभागिता रहेको थियो । जनता समाजवादी पार्टी नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता तथा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । भने जसपा नेपाल रुपन्देहीका सचिव विष्णु अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०६-०४ , समय : १३:४९:४५ , ३ हप्ता अगाडि