तिलोत्तमामा उद्यम,ज्ञान तथा रोजगार सूचना मेला २०८१ सम्पन्न

शारदा शाही ठकुरी , १४२  पटक हेरिएको

तिलोत्तमा, जेठ २७

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा आइतबार उद्यम ज्ञान तथा रोजगार सुचना मेला सम्पन्न  भएको छ। नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रम तिलोत्तमा नगरपालिका वडा न.-६ का वडा अध्यक्ष गणेश पाठकको संयोजनमा गरिएको थियो।

उद्यमिहरुको सम्मान र उनिहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन साथै निजि क्षेत्रसंग सहकार्य गरेर योग्यता, सीप दक्षता भएका ब्यक्तिहरुलाई केही मात्रामा भएपनि रोजगार दिलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख खाणले बताउनुभयो।
त्यसैगरी नगर उपप्रमुख जागेस्वर देवी चौधरीले यस्तो खालको कार्यक्रम आयोजन गर्न पाउदा निकै खुशी लागेको बताउदै सिमाना नजिकै भएकाले नगरभित्रका धेरै नागरिक सिमा पारीका बजार जाने  गरेको बताउनुभयो। सिमा पारी जानुभन्दा आफ्नै क्षेत्रमा उधोगहरु संचालन गरेर फाइदा लिनु पर्ने वहाँको भनाई थियो।

नगरभित्र रहेका युवा, बिद्यार्थी, उद्यमसङ्ग जोडियका सबैलाइ एकै ठाउमा जम्मा पारेर उद्यमसँग जोडिन उत्प्रेरित गर्ने  यो कार्यक्रमको
उदेश्य रहेको कार्यक्रमका संयोजक गणेश पाठकको भनाई थियो। कार्यक्रमलाई सफल बनाउन तिलोत्तमा वासीहरुको सहयोग आवश्यक रहेको र यस कार्यक्रमलाई सुनौलो अवसरको रुपमा लिन संयोजक गणेश पाठकले सम्पूर्ण नगरबासीलाई आग्रह पनि गर्नुभएको थियो ।

यस्ता कार्यक्रमहरु सबैको लागि एक अवसर बन्न सक्ने कार्यक्रमका सदस्य तथा कार्यपालिका सदस्य रवी सेन्चुरीले बताउनुभयो।

प्रकाशित मिति: २०२४-०६-०९ , समय : १९:०७:०७ , २ हप्ता अगाडि