रुपन्देही खबर , ३१८ पटक हेरिएको
मर्चवार, जेठ २७
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सम्मरीमाइ गाउपालिकाको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज पक्लिहवाको सहयोगमा निशुल्क स्वास्थ्य शिबिर गरिएको हो जसमा ३ सय ७० जना सेवाग्राहीले लाभ लिएका छन ।
सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तवको अध्यक्षता, तथा युसीएमएसका प्रशासन प्रमुख तेज कुमार के सीको प्रमुख आतिथ्यतामा स्वास्थ्य शिबिर सम्पन्न भएको हो । शिबिरको उदघाटन गर्दै गाउपालिका अध्यक्ष श्रीवास्तवले स्वस्थ जिवनका लागी स्वास्थ्यको एकदमै ठुलो भुमिका भएकोले गाउपालिकाले जनताको स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको बताउनु भएको छ । उहाले सम्मरीमाइ गाउपालिकाले जनताको स्वास्थ्यको बिशेष ख्याल गर्दै बिभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भएको छ । उहाले जनताको सेवाकै लागी जनताले चुनेर पठाएकोले जनचाहना अनुसार नै काम गर्ने प्रतिबद्धता गर्नु भएको छ।
कार्यक्रममा सम्मरीमाइ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझी स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख चतुर्भुज चौबेले गर्नु भएको थियो । निशुल्क स्वास्थ्य शिबिरमा ३ सय ७० जना सेवाग्राहीहरुलाई भिडियो एक्सरे , इसीजी सेवा, ब्लड जांच सेवा, निशुल्क औषधी बितरण गरिएको थियो । भएको छ । शिविरमा जनरल फिजिसियन, हाडजोर्नी , महिला , बालवालिका, नाक कान घाटी , दन्त रोग लगायतका विशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि उपचार र आवश्यक परामर्श गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२४-०६-०९ , समय : २२:१६:४९ , ६ महिना अगाडि