सिनपा वडा नम्बर ५ को आयोजनामा कम्प्युटर वेसिक कोर्ष तालिम सुरु

उर्मिला यादव यात्री , २४६  पटक हेरिएको

भैरहवा, जेठ ३०

‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने मुलनाराका साथ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा आजदेखि अढाइ महिने कम्प्युटर वेसिक कोर्ष तालिम सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा अढाइ महिने कम्प्युटर वेसिक कोर्ष तालिम सुरु भएको हो । तालिमको उदघाटन गर्दै प्रमुख अतिथी अग्रवालले प्राबिधिक शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ । उहाले जब सम्म सिप सिकिदैन तब सम्म अगाडी बढन नसकिने बताउदै कम्प्युटर शिक्षाको धेरै महत्व रहेको बताउनु भएको छ । उहाले प्राविधिक शिक्षा नभए रोजगारी पाउन पनि समस्या हुने भएकोले प्राबिधिक सीप सबैमा हुनुपर्ने उल्लेख गर्नु भयो ।


प्रमुख अतिथी अग्रवालले हरेक क्षेत्रमा कम्प्युटर शिक्षाको महत्व रहेकोले कम्प्युटर सम्बन्धी सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनु भएको छ । उहाले सीप सिकेर रोजगारी संग जोडन सके मात्र कम्प्युटर तालिमको सिकाइ उपलब्धी मुलक हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले नगरपालिकाबाट पाएको बजेट वडा नम्बर ५ ले सहि ठाउमा प्रयोग गरेको बताउनु भयो । उहाले वडा नम्बर ५ ले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा लगानी गर्दै मानबिय बिकासमा समेत महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनु भएको छ । अग्रवालले प्रशिक्षार्थीहरुलाई अनुशासित भएर सिक्न आग्रह गर्दै आगामी दिनमा पनि वडा नम्बर ५ लाई यस्तै किसिमका कार्यक्रमहरु ल्याउन आग्रह गर्नु भएको थियो ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडाबासीहरुको सीप क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनु भएको छ । उहाले वडा नम्बर ५ ले वडाबासीहरुलाई सक्षम बनाउनका लागी बिभिन्न किसिमका तालिमहरु संचालन गर्दै आएको बताउनु भएको छ ।

उहाले तालिमका प्रशिक्षार्थीहरुलाई समयको महत्वलाई ख्याल राख्दै अनुशासित भएर सिक्न आग्रह गर्दै सिकेका सीपलाई ब्यवहारमा उर्तान आग्रह समेत गर्नु भएको छ । उहाले वडाको बिकास निमार्णमा जनताको सुझाव सल्लाह एकदमै आवश्यक भएकोले वडाबासीहरुले कमीकमजोरी औल्याई आफनो दायित्व निर्वाह गर्न आग्रह गर्नु भएको छ ।


त्यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले वडा नम्बर ५ र वडा कार्यालय १३ हातेमालो र सहकार्य गर्दै आगामी दिनमा पनि अघि बढ्ने बताउनु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै साहित्यकार विजय गोविन्द श्रेष्ठले कम्प्युटर सीपकोे एकदमै महत्व रहेको बताउनु भएको छ । उहाले सिप मुलक तालिमहरु दिनु मात्र नभइ यसलाई रोजगारीसंग जोड्न आग्रह गर्नु भएको छ । उहाले युवाहरु बिदेश पलायन हुने क्रम बढ्दै गएकोले देश र आफुहरुलाई पनि फाइदा नहुने भएकोले स्वदेशमा सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा सिनपा वडा नम्बर ५ का वडासदस्य बिनित कुमार बेरिवालको स्वागत मन्तब्य रहेको कार्यक्रममा समाजसेवी विनिता श्रेष्ठ, उद्योगी तथा समाजसेवी ब्रिजेश अग्रवाल, भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता लगायतले बोल्दै वडा नम्बर ५ ले धेरै राम्रो काम गरेको बताउनु भएको थियो ।

कार्यक्रममा सिनपा वडा नम्बर ५ को वडा सदस्य किरण देवी सुनार, सचिव बन्दना उपाध्याय, गोल कम्प्युटर सेन्टरका प्रशिक्षक रमाकान्त चौधरी, स्थानिय सरोकारवाला ब्यक्तित्व लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन महिला वडा सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो । तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०२४-०६-१२ , समय : २०:३५:११ , ४ महिना अगाडि