कपिलवस्तुको कृष्णनगरमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

रुपन्देही खबर , २२१  पटक हेरिएको

कपिलवस्तु,असार ७

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कृष्णनगर नागरपालिका नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरले आफु र आफ्नो समाजका लागि योग मूल नाराका साथ राम जानकी मन्दिरमा बिधिवत योगाभ्यास कार्यक्रम आयोजना गरि अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ।

कृष्णनगर नगरपालिका वडा नंम्बर २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता तथा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा कपिलवस्तु आयुर्वेद स्वस्थ केन्द्रका बरिष्ठ कबीराज हरिलाल उपाध्यायले बिधिवत योग अभ्यास गराउनु भएको थियो ।

प्रमुख प्रशासकिय अधिकृत देवकोटाले शिर्षासन गरि कार्यक्रमको समुद्घाटन गर्दै जीवनमा योगको अपरिहार्यता र आफ्नो समाजको स्वस्थताका लागि योग अति आवश्यक रहेको जोड़ दिनुभएको थियो ।

वडा नं ४ का वडाध्यक्ष घनश्याम बनिया, ११ का वडा अध्यक्ष जीवन श्रीवास्तव आयुर्वेद नगर अभियंता संजय गुप्ता, ४ नंम्बर वडा अभियंता विनय गिरी, बरिष्ठ पूर्व शिक्षक चंद्र भान पांडे लगायतका बुद्धिजीवी, समाजसेवीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले सहभागी हरूलाई स्वागत गर्दै आज पुरा विश्वले योग अंगाली सकेको र बिश्वभरी एउटै नारा आफु र आफ्नो समाजका लागि योग साथ कर्यक्रम मनाउनको औचित्य बारे प्रष्ट पार्दै अब हामी पनि आफ्नो समाज घर परिवार र आफु आफै दीर्घ कालीन रोग बाट सुरक्षित हुन योगमय हुन जरूरी रहेको बताउनु भएको थियो ।

प्रकाशित मिति: २०२४-०६-२१ , समय : २१:१६:१७ , ४ महिना अगाडि