भूमिगत जल लगायतका माध्यम प्रयोग गरी रोपाई नगर्न रोहिणीको आग्रह

रुपन्देही खबर , २३७  पटक हेरिएको

भैरहवा, असार १०

रुपन्देहीको रोहिणी गाउँपालिकाले असार १३ गते बिहीबारदेखि भूमिगत जल (डीप ट्युबेल, बोरिङ लगायतका माध्यम प्रयोग गरी रोपाई कार्य नगर्न÷नगराउन आग्रह गरेको छ ।

विगत केही समयदेखि खडेरीका कारण रोहिणीमा खानेपानीको समस्या रहेकोले सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सम्पूर्ण गाउँपालिकाबासीमा यस्तो अनुरोध गरिएको अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ । रोपाई गर्ने मुख्य समयमा वर्षा नहुँदा किसानलाई सास्ती भएको अध्यक्ष यादवको भनाइ छ ।

प्रकाशित मिति: २०२४-०६-२४ , समय : १८:१३:०४ , ४ महिना अगाडि