रोहिणीमा नेतृत्व क्षमता विकास सम्बन्धी कष्टमाईज्ड तालिम सम्पन्न

रुपन्देही खबर , २२९  पटक हेरिएको

भैरहवा, असार २०

रुपन्देहीको रोहिणी गाउँपालिकामा प्रधानाध्यापक तथा विद्यालय प्रशासन सहायकहरुको लागि नेतृत्व क्षमता विकास सम्बन्धी कष्टमाईज्ड तालिम सम्पन्न भएको छ । रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधई, रुपन्देहीको आयोजनामा असार ९ देखि असार १८ गतेसम्म रोहिणी–३ स्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा तालिम भएको हो । तालिममा ४५ जनाको सहभागीता रहेको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले जानकारी दिनु भएको छ ।

तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विद्यालय प्रशासनलाई चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिनु भएको छ । उहाले ‘शिक्षकलाई मात्र दोष दिएर नहुने बताउदै अभिभावकलाई पनि जागरुक बनाउनु पर्ने बताउनु भएको छ । उहाले शिक्षा क्षेत्रमा अझ राम्रो काम गर्नुपर्ने जोड दिनु

गाउँ शिक्षा समितिका संयोजक समेत रहेका यादवले रोहिणीमा शिक्षा क्षेत्रलाई अझ अगाडि बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले वडा कार्यालयहरुले पनि विद्यालयमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ ।

गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले शिक्षामा लगानी गर्न गाउँपालिका पछाडी नहट्ने बताउनु भएको छ । उहाले गाउँपालिकाले शिक्षाको विकासमा जोड दिदै आएको बताउनु भयो ।

त्यस्तै रोहिणी–१ का वडाअध्यक्ष तथा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक आविद अली पठानले तालिम आयोजना गर्नु सराहनीय कार्य रहेको बताउनु भएको छ । उहाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनु भएको छ ।

गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले रुपन्देहीका विभिन्न नमूना विद्यालयका प्रधानाध्यापकहरुले तालिमको सहजीकरण गर्नुभएको बताउनु भयो । उहाले भन्नु भयो , ‘विकास शिक्षाबाट हुन्छ भने शिक्षामा लगानी गर्नुपर्छ । गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्छ । अभिभावक सचेत नभएसम्म हुँदैन ।’ उहाले हरेक वडाले कम्तीमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउनुपर्ने बताउनु भयो ।

समाजसेवी हरिद्वार हरिजनले शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाले शिक्षा क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

गाउँ शिक्षा समिति सदस्य धनेश्वर कंवरले तालिममा सिकेको कुराहरु व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले विद्यालयको अवस्था हेरेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनु भयो ।

छिपागढ माविका प्रधानाध्यापक इन्द्र कुमार यादवले तालिम आयोजना गरेको भन्दै गाउँपालिका टीम र प्रशिक्षकहरुलाई धन्यवाद दिनु भएको थियो ।

मदरसा बैरिहवाका प्रधानाध्यापक मैनुद्दीन फकिरले मदरसाका विद्यार्थीहरुलाई पुरस्कृत तथा प्रोत्साहन गर्नुपर्ने र यसले राम्रो सन्देश जाने बताउनु भएको छ । उहाले तालिममा धेरै कुरा सिक्ने अवसर पाएको बताउनु भयो ।

श्री जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मी जि.सी.ले १० दिने तालिम महत्वपूर्ण रहेको बताउनु भयो । प्रधानाध्यापकहरुसँगै अब शिक्षकहरुका लागि पनि यस्तो तालिम सञ्चालन गनुपर्ने उहाले बताउनु भएको छ । रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-०७-०४ , समय : ०६:२०:०४ , ४ महिना अगाडि