अनेमसंघ बुद्धभुमि नगर कमितिकाे अध्यक्षमा सापकोटा

धनी राम काेरी , २४८  पटक हेरिएको

कपिलवस्तु , असार ११

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ बुद्धभुमि नगर कमिटिको अध्यक्षमा राधा सापकोटा चयन हुनुभएको छ । नगर कमिटिको दोस्रो सम्मेलनबाट अध्यक्षमा सापकोटा सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

त्यसैगरी उपाध्यक्ष लिला पाण्डेय , उपाध्यक्ष राधा बेलबासे , सचिव सविता खनाल केसी , सह सचिव रुपा बि. क. र कोषाध्यक्ष देवका पन्थी लगायत ३५ सदस्यीय नगर कमिटी गठन भएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल महिला संघ कपिलवस्तुको जिल्ला सचिव धनु अधिकारीले बढ्दाे महांगी , मुल्यवृद्धि , महिला हिंसा र काला बजारी सरकारले बढाइ रहेको बताउनु भएको छ । महिलाको हकअधिकारकाे बारेमा निरन्तर काम गर्दै आएकाे बताउदै महिलालाई संगठित गरेर महिलाकाे समस्या लाई समाधान गर्ने काम गर्दै आएकाे अखिल नेपाल महिला संघ जिल्ला सचिव अधिकारी बताउनु भयो ।

 

अखिल नेपाल महिला संघ बुद्धभुमि नगरकाे दाेस्राे सम्मेलन नगर कमिटीको अध्यक्ष शाेभा गाैतमकाे अध्यक्षता र अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य शारदा शर्माकाे प्रमुख अतिथ्यतामा बुद्धभुमि नगर कमिटी गठन भएको हाे ।

उक्त कार्यक्रममा नेकपा एमाले पार्टी कपिलवस्तु जिल्ला सह-सचिव सुशीला दर्लामी ,नेकपा एमाले बुद्धभुमि नगर कमिटीका अध्यक्ष देवी बेलबासे , अखिल नेपाल महिला संघ कपिलवस्तु जिल्ला अध्यक्ष चेनता अधिकारी , बुद्धभुमि नगरपालिका वडा नं ९ का वडा अध्यक्ष विकास आचार्य लगायत अन्य महिलाकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-२५ , समय : ०६:५५:२२ , २ वर्ष अगाडि