सिनपा वडा नम्बर ५ मा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ६३  पटक हेरिएको

भैरहवा, भदौ २८

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सिद्धार्थनगरर नगरपालिका वडा नम्बर ५ ले तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । सिनपा वडा नम्बर ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा भाद्र १९ गते तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो ।

तीज मिलन कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी खानले महिलाहरुको महान पर्व तीजको शुभकामना दिँदै तीजलाई भडकिलो नबनाउन र तीजको संरक्षण गर्दै तीज मनाउन आग्रह गर्नु भएको थियो । नगरप्रमुख खानले फरक प्रसंगमा बोल्दै छोरा सँगै छोरीलाई शिक्षा दिए मात्र समाज र राष्ट्रको विकास हुदै महिला सशक्तिकरणमा पुर्णरुपमा सहयोग हुने बताउनुभएको थियो ।

उहाले यसरी हरेक क्षेत्रको विकासको तुलनामा पुरुषभन्दा महिलाको पनि भुमिका कम नभएको कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले तीज नारीहरुको महान पर्व भएकोले तीजलाई सभ्य तरीकाले मनाउन आग्रह गर्दै उहाले महिलाहरुलाई समान अवसर दिन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्य किरण देबि सुनारको स्वागत मन्तव्य रहेको कार्यक्रममा बिशिस्ट अतिथी सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी, सिनपा वडा नम्बर ५ का कर्मचारी,जनप्रतिनिधी, वडाबासी महिला दिदीबहिनीहरु लगायतको सहभागितामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सिनपा वडा नम्बर ५ को वडा सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०९-१३ , समय : १२:२३:४७ , ४ हप्ता अगाडि