“बन क्षेत्रलाई कृषिसंग जोड्ने प्रयासमा छु” : मन्त्री कलवार

प्रकाश न्यौपाने , २१७  पटक हेरिएको

नवलपरासी, कार्तिक ११

लुम्विनी प्रदेश सरकारका नवनियुक्त बन तथा बातावरण मन्त्री देवकरण प्रसाद कलवार ( सन्तु ) ले वनलाई कृषिसंग जोड्नु पर्ने बताउनु भएको छ । बर्दघाट नगरपालिकाद्रारा आयोजित सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले वनलाई कृषिसंग जोडेर आर्थिक बिकास गर्न सकिने बताउनु भएको छ ।

सवै मिलेर बन क्षेत्रको संरक्षणमा लाग्नुपर्ने आजको मुख्य आवश्यकता रहेको उल्लेख गर्दै  मन्त्री कलवारले भन्नू भयो  ” मैले बनलाई कृषिजन्य उत्पादनमा जोडेर उत्पादित बस्तुको बजारीकरण गरि आर्थिक बिकास गर्ने तर्फ जोड्ने प्रयासमा छु ।

 

मन्त्री भएपश्चात गृह जिल्ला आउनुभएको मन्त्री कलवारले आज विभिन्न संघ सस्था र जनता माझ भलाकुसारी गर्दै बन सरक्षणमा लाग्नु पर्ने आजको प्रमुख आवश्यकता रहेको बताउनु भएको छ । सामुदायिक वनका वन सम्बन्धि बिबिध समस्याहरु रहेको उल्लेख गर्दैन मन्त्री कलवारले ती समस्या समाधानका लागी प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

मन्त्री कलवारलाइ बधाई तथा शुभकामना दिदै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले वन क्षेत्रका समस्याहरुको मन्त्री कलवारकै पालामा समाधान हुने अपेक्षा राख्नु भएको छ । बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बन तथा बाताबरण मैत्री बिकास देशलाई चाहिएको बताउनु भएको छ । बिकासको क्रममा स्थानीय तह र प्रदेश बिच समन्वय होस भन्दै खनालले सफल कार्यकालको शुभकामना  समेत दिनु भएको छ  ।

डिभिजन बन कार्यालय नवलपरासी, बर्दघाट नगरपालिका बर्दघाट , महाकबि देवकोटा बहुमुखी क्याम्पस सुनवल, सरावल गाउपालिका वडा नम्बर ६, श्री कृष्ण धाम बिकास समिती सुनवल ४ लगायतले मन्त्री कलवारलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति: २०२४-१०-२७ , समय : १९:०३:५६ , १ महिना अगाडि