एमाले सिद्धार्थनगरले तीनमहिने अभियान सञ्चालन गर्ने

रुपन्देही खबर , २०२  पटक हेरिएको

भैरहवा, मंसिर १६

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीको प्रथम पूर्ण बैठकले तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार भैरहवामा बसेको बैठकले तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताउनु भएको छ । नगर अध्यक्ष थापाका अनुसार अभियान अन्तर्गत तीन महिनाभित्र सिद्धार्थनगरमा पार्टी सदस्य वृद्धि गर्ने, प्रशिक्षण कार्यक्रम, पार्टी छोडेकालाई घर फर्काउने कार्यक्रम गर्ने र पार्टी प्रवेश कार्यक्रम सञ्चालन हुनेछ । बैठकले नगरका १३ वटै वडामा टोल कमिटीहरु गठन निर्णय गरेको उनले बताए । त्यस्तै १४ सदस्यीय सचिवालय बनाइएको छ । सचिवालय सदस्यहरुमा अध्यक्ष चक्र बहादुर थापा, उपाध्यक्ष माया कंडेल, सचिव उमेश थापा लाटोमगर, उपसचिव सरोज ठकुरी र इन्दिरा देवी क्षेत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा चेत बहादुर क्षेत्री, मोहम्मद अकिल मुसलमान, निशा भट्टराई, विष्णु भट्टराई, लक्ष्मी खनाल, भोला कोइरी, केदारमान राजभण्डारी, सतिश मर्सानी र प्रभा पौडेल रहेका छन् । बैठकले पार्टी निकट तीनवटा भातृ संगठनको जिम्मेवारी बांडफांड गरेको छ ।

जसअन्तर्गत राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरको इञ्चार्जमा दीपक न्यौपाने, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इञ्चार्जमा सागर न्यौपाने र अखिल नेपाल महिला संघ (अनेमसंघ) को इञ्चार्जमा लता पोखरेललाई जिम्मेवारी दिइएको छ । बैठकले एमाले दोस्रो नगर अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज खिमलाल भट्टराईले एमाले नेतृत्वको सरकारले विकासका कार्यहरुलाई अघि बढाएको बताउनु भएको छ । उहाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएपछि उत्साह थपिएको बताउनु भएको छ । उहाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले विमानस्थल सञ्चालनप्रति अग्रसरता देखाएको दावी गर्नु भएको छ ।

पार्टीको सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष माया कंडेलको स्वागत तथा सचिव उमेश थापा लाटोमगरको सञ्चालनमा भएको बैठकमा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेल, लुम्बिनी प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारी, नेताहरु राजेन्द्र प्रसाद पन्थी, विश्वराल बराल (अनुप), रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, उपाध्यक्ष हितराज पन्थी, जिल्ला सचिवालय सदस्य उमा अधिकारी लगायतले पार्टीलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन । उनीहरुले मिसन–८४ लाई केन्द्रीत गर्दै अगाडि बढ्नुपर्ने बताएका छन ।

प्रकाशित मिति: २०२४-१२-०१ , समय : २०:३५:४९ , ६ महिना अगाडि