जसपाद्धारा कोटहीमाइ ७ मा २१ सदस्यीय नया कार्य समिती गठन

रुपन्देही खबर , २२६  पटक हेरिएको

भैरहवा, पुस १७

जनता समाजवादी पार्टी नेपालले मंगलबार कोटहीमाई गाउँपालिका वडा नम्बर ७ मा २१ सदस्यीय नया कार्य समिती पुर्नगठन गरेकोे छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ७ का वरिष्ठ वडा सदस्य खलिलउल्लाह जोलहको अध्यक्षता तथा जसपा नेपालको लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष रामऔतार यादवको प्रमुख आतिथ्यतामा २१ सदस्यीय नया कार्य समिती पुनर्गठन गरिएको हो ।
जसको अध्यक्षमा बिरेन्द्र यादव, उप अध्यक्षमा खलिलउल्लाह जोलह, निबर यादव, बिन्द्रवती पासी, सचीव अकरम खान, सह सचीव शोभवती चमार, कोषाअध्यक्षमा दुखी चाइ रहनु भएको छ ।


यस्तै गरी सदस्यहरुमा दिपक यादव, रोहित यादव, मोदिन जोलह ,धुरुप लोहर, राम किसुन यादव, आजोर सहानी सिपाही कुर्मी रहनु भएको छ । भेलामा जनता समाजवादी पार्टी नेपाल रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव र जसपा नेपाल रुपन्देही क्षेत्रीय अध्यक्ष घनश्याम यादव, बिनोद यादव, समाजवादी विद्यार्थी युनियनको केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादव ,समाजवादी किसान महासंघ लुम्बिनी प्रदेश मुख्य सचीव जावेद आलम, समाजवादी विद्यार्थी युनियन नेपाल रुपन्देही जिल्ला अध्यक्ष बिरेन्द्र कुमार यादव लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२५-०१-०१ , समय : १२:४४:१८ , १ महिना अगाडि