रुपन्देही खबर , १५९ पटक हेरिएको

परासी, पुस १७
जनता समाजवादी पार्टी नेपाल पश्चिम नवलपरासीले संगठन निर्माण अभियान कार्यव्रmम अन्तरगत सोमबार हकुईमा सभा गरेको छ । अभियानबारे जानकारी दिन आयोजित सभामा जसपाका अध्यक्ष उपेन्द्र यादवले देश संघीयताको मर्मअनुसार अघि बढ्न नसकेको बताउनुभयो । संघीयताले देशमा प्रदेश स्थापना भएपनि सीमित अधिकारका कारण अझै पनि जनताले संघीयताको अनुभूति गर्न नपाएको उहाँले बताउनुभयो । नवलपरासीदेखि कञ्चनपुरसम्म एक प्रदेश बनाउनुपर्नेमा यादवको जोड थियो । नेपाल कृषि प्रधान देश भएपनि मल, बीउ र कृषि उपकरण अभावका कारण किसानहरुले उत्पादन गर्न नसकेको अध्यक्ष यादवको भनाई थियो ।
कार्यक्रम जसपा लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले सरकारले संविधान संशोधनमार्फत मधेसी जनताको प्रतिनिधित्वलाई बढाउनुपर्ने बताउनुभयो ।
जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य एंव पूर्वरक्षाराज्यमन्त्री रामवचन यादव, लुम्बिनी प्रदेश कोषाध्यक्ष एंव रोहिणी गाउँपालिका अध्यक्ष विद्या यादव, समाजवादी युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष राजु यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, नवलपरासी जिल्ला सचिव मदन यादव, रामग्राम वडा नं १६ का वडाध्यक्ष विजयकुमार यादवल लगायतले पार्टी संगठनका बारेमा प्रकाश पार्नुभएको थियो ।
प्रकाशित मिति: २०२५-०१-०१ , समय : १३:०९:५३ , १ महिना अगाडि