रामु भुसाल , ८२ पटक हेरिएको

बर्दघाट माघ २२
पश्चिम नवलपरासीको बर्दघाट ४ बाढिपिडितमा दुर्गा मन्दिर ब्यबस्थापन समिती द्वारा आयोजित नगर स्तरीय खुल्ला भजन,चुट्का प्रतियोगितामा शिव पार्वती भजन समुहले प्रथम स्थान हासिल गरेको छ भने,ब्राहामण समाज भजन समुह द्वितीय, र नर्मदेश्वर भजन समूहले तृतीय स्थान हासिल गरेको छ।
बर्दघाट नगरपालिका भित्रका कुल ११ समूह सहभागी प्रतियोगितामा प्रथम हुने समुहले नगद १० हजार, द्वितीयले ७ हजार, तृतीयले ३ हजार ५ सय र सान्त्वना स्वरुप सहभागी सबै समूहले नगद १ हजार ५ सय सहित नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
धर्म ,संस्कृति जोगाउन मात्र नभई प्रतियोगिताले आफ्ना सन्ततिलाई सत्मार्ग तर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस किसिमका प्रतियोगिता आयोजना हुन जरुरी रहेको कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो।
दुर्गा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष खोमनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम सम्योजक केरसिङ गौतम ,भजन चुट्का प्रतिस्ठानका जिल्ला अध्यक्ष तिर्थ सापकोटा लगायतले मन्तव्य राख्नु भयेको प्रतियोगिताको निर्णायकमा महेन्द्र रेग्मी,तुलसा नेपाल र यम प्रसाद सापकोटा रहनु भएको थियो।
दुर्गा मन्दिर ब्यवस्थापन समितिका सचिव सिर्जना आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन हरिरन्जन पौडेल ,र शिव चालिसेले गर्नु भयेको थियो।
प्रकाशित मिति: २०२५-०२-०४ , समय : ०६:५२:१८ , ३ दिन अगाडि