नेपाली कांग्रेसले भैरहवामा दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्दै

रुपन्देही खबर , १९४  पटक हेरिएको

भैरहवा, फागुन १८

नेपाली कांग्रेसले भैरहवामा २ दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने जनाएको छ । नेपाली कांग्रेस केन्द्रिय निती, अनुसन्धान तथा प्रतिष्ठानले सोमबार र मंगलबार भैरहवामा प्रतिनिधीसभा, क्षेत्रिय सभापति तथा क्षेत्रिय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्र्रम गर्न लागेको हो । आज आइतबार भैरहवामा पत्रकार भेटघाट कार्यक्रम गर्दै नेपाली कांग्रेसले प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन पार्टीका सभापति एवम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने नेपाली कांग्रेस केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्ण बहादुर खडकाले जानकारी दिनु भएको छ ।

उहाले २ दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा पार्टीको आर्थिक बिषय संग जोडिएका बिषयबस्तुहरु, नेपाली कांग्रेस र सरकारले गरेका महत्वपुर्ण कामहरु ,२०४६ साल पछि परिर्वतन र नेपाली कांग्रेस सरकारमा हुदा गरेका नितिगत सुधारका कामहरु, बिभिन्न सरकारले मुलुकको उन्नती प्रगतिका लागी गरेका नितीगत नियम र सुधारहरु , भौतिक निमार्ण बिकास सम्बन्ध लगायतका बिषयमा प्रस्तुतीकरण हुने प्रतिष्ठानका संयोजक खडकाले जानकारी दिनु भयो ।


यस्तै गरी मुलुकको संबिधान र संघियताको कारणले नेपाली कांग्रेसको दायित्व , क्रियासिल सदस्यताको अभियान , पार्टी संगठनसंग जोडिएका बिषयबस्तुहरु , पार्टीको केन्द्र, प्रदेश, जिल्ला निर्वाचन क्षेत्रको अन्तरसम्बन्धका बिषयमा समेत प्रस्तुती रहनेछ । यस्तै गरी नेपाली कांग्रेसका समसामयिक मुद्धाहरु लगायत ६ वटा मुद्धाहरुमा प्रस्तुतीकरण रहने प्रतिष्ठानका संयोजक खडकाले बताउनु भयो । भोलि सोमबार बिहान १० बजे भैरहवामा कार्यक्रमको उदघाटन हुने आयोजकले जनाएको छ ।
पहिलो दिनको प्रस्तुती संगै दोेस्रो दिन दोश्रो दिन ७ वटा समूह विभाजन गरि सहभागीहरुले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्या लगायतका बारे गहन छलफल दुई वटा प्रतिवेदन प्रस्तुत गरि सुझाव संकलन गरिने आयोजकले जनाएको छ । अर्को सत्रमा सरकारसंग जोडिएका विषयहरुमा छलफल गरि सुझाव संकलन गरिने कार्यक्रम रहेको खडकाले जानकारी दिनु भएको छ । यसमा सरकारमा सहभागी २ जना मन्त्रीहरुले जानकारी दिने कार्यक्रम तय भएको उहाको भनाई छ ।

उहाले कांग्रेस मुलुककै पहिलो पार्टी भएको कारण वातावरणिय संरक्षणमा पनि योगदान गर्ने उद्देश्यले माला र खादाको प्रयोग नगर्ने बताउनु भएको छ । उहाले कार्यक्रम नया तरिकाले गर्ने भएकोले कार्यक्रममा ब्याच वितरण नगरिने र सके सम्म कार्यक्रमलाई मितव्ययी बनाउने जोड दिनु भएको छ । केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रिय समितिले व्यवस्थापन गरिरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०३-०२ , समय : २३:५७:२२ , २ हप्ता अगाडि