रुपन्देही खबर , ५०२ पटक हेरिएको
भैरहवा, ६ साउन
प्रतिनिधिसभाबाट नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको खुसीयालीमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) रुपन्देहीले आज भैरहवामा दीप प्रज्जवलन गरेको छ ।
लामो समयदेखि पार्टीले उठाउँदै आएको माग पूरा भएपछि त्यसको खुसीयालीमा भैरहवास्थित मिलनचोकमा दीप प्रज्जवलन गरिएको लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्माले बताउनु भएको छ ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । विधेयकमा ४५ सांसदले संशोधन दर्ता गरेका थिए ।
गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नु भएको थियो जसलाई सभामुख अग्नीप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा हुन्छ भन्ने सदस्यहरुको बहुमत देखिएपछि विधेयक बहुमतले पारित भएको हो ।
प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयक अब राष्ट्रियसभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।
प्रकाशित मिति: २०२२-०७-२२ , समय : २२:०२:०४ , २ वर्ष अगाडि