जसपा नेपाल रुपन्देहीको अध्यक्षमा पुनः सियाराम यादव निर्वाचित

जसपा नेपाललाई नमुना पार्टीको रुपमा बिकास गर्दै लैजाने प्रतिबद्धता

उर्मिला यादव यात्री , २१७  पटक हेरिएको

भैरहवा, बैशाख २०

जनता समाजवादी पार्टी जसपा नेपाल रुपन्देहीको जिल्ला अध्यक्षमा पुनः सियाराम यादव निर्वाचित हुनु भएको छ । जसपा नेपाल जिल्ला कार्यसमिती रुपन्देहीको शुक्रबार भैरहवामा भएको एकताको प्रथम जिल्ला अधिवेशनले पुनः यादवको अध्यक्षतामा २९ सदस्यीय नया कार्य समिती सर्वसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा कलामुद्दीन खाँ, गोविन्द कोहार, सचिवमा विष्णु प्रसाद अधिकारी, उपसचिवमा जयशंकर पाठक, सुनिता खडलुक र कोषाध्यक्षमा चन्द्रभान तिवारी निर्वाचित हुनु भएको छ ।

यस्तै गरी सदस्यहरुमा रामवेलास यादव, जितेराज भर,बाबुराम पाल, सन्त प्रसाद बरई, गुरुदेव गौड, विनय यादव, राजेश यादव, सुरेन्द्र धवल, कान्छा कोहार,दिपेन्द्र यादव, महेन्द्र केवट, मीना कुमारी गिरी वि.क., प्रेम बहादुर उप्रेती, शंकर किशोर विश्वकर्मा, मोहम्मद मुसलमान, कृष्ण कुमार क्षेत्री, मोहम्मद खलिल, राम कुमार पासवान, जोगिन्दर यादव, जगजीवन यादव, जंग बहादुर यादव र गणेश केवट रहनु भएको छ । नव निर्वाचित कार्य समितीले शुक्रवार नै सपथ ग्रहण गरेका छन ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष यादवले जसपा नेपाल जिल्ला कार्य समिती रुपन्देहीले नमुना काम गरी जनताका माझ यस पार्टीलाई नमुना पार्टीको रुपमा बिकास गर्दै लैजाने प्रतिबद्धता गर्नु भएको छ । उहाले निर्वाचनमा अहोरात्र खटि महत्वपुर्ण भुमिका निवार्ह गर्ने राहुल यादव, जावेद आलम, बिरेन्द्र यादव, कौशलेन्द्र मिश्रा, अरमान अली , तेजु राना, अनिल यादव, इन्द्र बहादुर थापा लगायतलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२५-०५-०३ , समय : २०:०३:०२ , ६ दिन अगाडि