जनमत पार्टी नवलपरासीद्वारा कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुरेश यादव , १३८  पटक हेरिएको

परासी,बैशाख २३

जनमत पार्टी पश्चिम नवलपरासीले साेमबार कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम परासीको पाल्ही बहुमुखी क्याम्पसमा सम्पन्न गरेको छ । जिल्ला इन्चार्ज कृष्णकान्त चौधरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष डाक्टर सीके राउतको प्रमुख आतिथ्यतामा कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रम गरिएको हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष राउतले गणतन्त्र आएपनि मधेसीहरूलाई देशमा विभेद कायम नै रहेकाे बताउनुभयो । नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकारले संविधान संशोधन गर्ने बताए पनि हालसम्म उक्त विषयमा छलफलै नगरी अगाडि बढीरहेको आरोप लगाउनु भयो । 

कार्यक्रम राष्ट्रिय सचिव बालगाेबिन्द चाैधरी,लुम्बिनी प्रदेश सभा सदस्य एवम् पुर्व मन्त्री सिके गुप्ता,प्रदेश सदस्य सन्ताेष गिरी,जिल्ला उपाध्यक्ष कन्हैया चाैधरी,जनमत विद्यार्थी संघका ब्रिजनन्दन कुर्मी लगायतले बाेल्नुभएकाे प्रदेश सदस्य गिरीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: २०२५-०५-०६ , समय : ०७:५७:२९ , ४ दिन अगाडि