रुपन्देही खबर , ११९ पटक हेरिएको

भैरहवा,बैशाख २५
ओमसतिया गाउँपालिकाको आयोजनामा बिहीबार देखी उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु भएको छ । हाटीफर्साटिकर स्थित गाउँपालिका परीसरमा रहेको भलिवल कोर्टमा सुरु भएको प्रतियोगिताको यो दोश्रो सस्करण हो ।
गाउँपालिका स्तरीय प्रतियोगितामा वार्ड नम्बर १ बाट २ टिम सहभागी छन भने वडा नम्बर २, ३, ४ र ५ बाट एक एक टिम तथा गाउँपालिकाका महिला कर्मचारीको एक टिम गरी जम्मा ७ टिमको सहभागिता रहेको छ ।
शुक्रबार सम्म सञ्चालन हुने भलिवल प्रतियोगितामा बिजेता टिमले नगद ५० हजार रुपैया, ट्रफी तथा पदक प्राप्त गर्नेछन भने उप बिजेता टिमले नगद ३० हजार रुपैया ,ट्रफी र पदक प्राप्त गर्नेछन् । त्यसै गरी तेश्रो स्थानमा आउनेले १५ हजार रुपैया, ट्रफी र पदक प्राप्त गर्नेछन् ।त्यसै गरी सर्बोत्कृट खेलाडीलाई ५ हजार रुपैया प्रदान गरीनेछ ।
प्रतियोगिताको मुख्य उद्धेश्य महिला दिदी बहिनीहरुलाई चुलोचौको तथा घरका काम बाहेक पनि खेलकुदमा लगाई खेल प्रतिभा प्रष्फुटन गर्ने रहेको प्रतियोगिता संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताउनु भयो ।
प्रतियोगिताको उदघाटन गाउँपालिका अध्यक्ष एवं प्रमखु अतिथी मन्जित कुमार यादव सोनुले रेफ्रिलाई बल हस्तान्तरण गरी गर्नु भएको थियो । खेल उदघाटन गर्दै प्रमुख यादवले गाउँपालिकाले खेलकुद लाई प्राथमिकतामा राखेको बताउनु भएको छ । गाउँपालिकामा रहेका खेलाडीहरुलाई अघि बढन बिभिन्न माध्यमबाट सहयोग गर्ने गरेको यादवको भनाई थियो ।
भलिवल खेलको उदघाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल, वडा नम्बर १का अध्यक्ष बेल बहादुर बराल मगर ,वडा नम्बर ३का अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ४ का अध्यक्ष अखिलेश्वर कुमार पाण्डे, वडा ६ का वडा अध्यक्ष शिब कुमार धवल, लेखा अधिकृत कमल शर्मा लगायतको उपस्थिति थियो । उदघाटन सत्रको सञ्चालन प्रशासन शाखा प्रमुख रुपा थापा राउतले गर्नु भएको थियो ।
प्रतियोगिताको उदघाटन खेलमा वडा नम्बर एक को ए टिमले वार्ड नम्बर २ लाई सोझो सेटमा २–०ले हराउदै अघिल्लो चरणमा प्रबेश गर्न सफल भयो । २ नम्बरको ए टिमले पहिलो सेट २८–२६ तथा दोश्रो सेट २५–२१ अंकले जितेको हो । त्यसै गरी बिहीबारनै सम्पन्न अर्को खेलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ४ लाई २–० सेटले हराउन सफल भयो । पहिलो सेट २५–१ ले तथा दोश्रो सेट २४–१३ले हराउदै वार्ड नम्बर ४ प्रतियोगिताको अघिल्लो चरणमा प्रबेश गर्न सफल भएको हो । प्रतियोगिताको सेमिफाईनल, फाईनल तथा तृतियस्थानको खेल शुक्रबार सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-०८ , समय : १५:२१:३५ , १ दिन अगाडि