रुपन्देही खबर , ५७ पटक हेरिएको

काठमाडौं, बैशाख ३०
लोकप्रिय गायिका गीता पाण्डेको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “मेरो पुण्य मुटु ” सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका मुकुन्द राज शर्माले गीतको शब्द र मणिकमल छेत्रीको संगीतमा रहेको गीतमा भावनात्मक सम्बन्धलाई गीतमा समेटिएको छ । गीत मूलतः साङ्गीतिक प्रस्फुटन भएकाले यस गीतकी गायिका पाण्डेको प्रस्तुतिगत शिल्प र युगीन चिन्तनले हरेक पिँढीका श्रोतालाई चपक्क समातेको छ । यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ साथै नयाँ तरंग ल्याएको छ यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ। गीत प्रेम,अनुभूति र भावनालाई समेट्ने शैलीमा तयार पारिएको प्रस्तुत गरिएको छ ।
गीतको संगीत संयोजन पवन वाङ लामाले गर्नु भएको छ भने किशोर थापाले गीतको मिक्सिङ र मास्टरिङ को जिम्मेवारी बहन गर्नु भएको छ ।
भिडियोतर्फ, गीतको निर्देशन पूजा ठकुरीले गर्नु भएको छ । भिडियोमा गीता पाण्डे, मुकुन्द राज शर्मा साथै हरि राम पौडेलको अभिनय देख्न सकिन्छ। अजय रेग्मीले भिडियोको छायांकन गर्नु भएको छ भने बिनोद बमले सम्पादनको गर्नु भएको छ ।
प्रकाशित मिति: २०२५-०५-१३ , समय : २०:१५:२९ , ८ घन्टा अगाडि