सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरेको एमालेका उपाध्यक्ष नेम्वाङको भनाइ

रुपन्देही खबर , ३४०  पटक हेरिएको

बुटवल, साउन १९

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरेर एमालेको माग पुरा गरेको बताउनु भएको छ । प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दवाव, एमालेको माग र सबैको आशंकाका बीचमा सरकारले छापामार शैलीमा मंसिर ४ गते निर्वाचनको घोषणा गरेको बताउनु भएको हो ।

 

उहाले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणा जस्तो महत्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरि निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सरसल्लाह नगरि निर्वाचनको घोषणा गरेको बताउनु भयो ।

निर्वाचनको घोषणाबाट एमाले खुसी भएको स्पष्ट पार्दै उहाले अव सम्पूर्ण बहिखाता बोकेर एमाले निर्वाचनमा जाने बताउनु भएको छ । निश्पक्ष निर्वाचन हुनेमा एमाले बिश्वस्त रहेको उल्लेख गर्दै उहाले निश्पक्ष, भयरहित निर्वाचन गराउने विषयमा एमालेको सरकारलाई सहयोग रहने स्पष्ट पार्नु भयो ।

संघीयताका विपक्षका एमालेका कार्यकर्ताहरुले बिभिन्न धारणा सार्वजनिक गरेको भएपनि एमालेको आधिकारीक धारणा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी नै रहेको नेम्वाङले बताउनु भयो । कसैको व्यक्तिगत धारणा आएको भएपनि एमाले संघीयताकै पक्षमा दृढ रहेको उहाको भनाई छ ।

 

अहिलेको गठबन्धन सरकार दूषित रहेको टिप्पणी गर्दै उहाले संसारभर चलेको संसदीय मुल्यमान्यता विपरित नेपालमा सत्तापक्षले प्रमुख प्रतिपक्षका विरुद्ध घेराबन्दी गरिरहेको बताउनु भएको छ ।

उपाध्यक्ष नेम्वाङले गभर्नर महाप्रसाद अधिकारी पूर्व एमाले भएपनि एम अधिकारी भनेको महाप्रसाद नभएको दाबी गर्दै अमेरिकाबाट आएको अबैध रकम रोक्न खोजेकै कारण गभर्नर माथि निलम्बनको कारवाही गरिएको बताउनु भएको थियो ।

 

प्रकाशित मिति: २०२२-०८-०४ , समय : १९:२५:४२ , २ वर्ष अगाडि