रोहिणी महोत्सवमा जेठ १० र ११ गते प्रिती पासवान आउदै

जेठ १३ गते भोजपुरी सुपर स्टार गायक धडकन धनन्जयको प्रस्तुती रहने

रुपन्देही खबर , ७६  पटक हेरिएको

धकधई, जेठ ७

रोट्रेक्ट क्लब अफ सेन्ट्रल रोहिणीको आयोजनामा धकधईमा जारी दोश्रो रोहिणी सांस्कृतिक मेला महोत्सव २०८२ मा यही जेठ १० र ११ गते टिकटक स्टार प्रिती पासवानको प्रस्तुती रहने आयोजकले जनाएको छ । यस्तै गरी जेठ १३ गते भोजपुरी सुपर स्टार गायक धडकन धनन्जयको प्रस्तुती संगै भोलि ८ गते देखी मेलामा कुस्ती दंगल प्रतियोगिता समेत हुने रोट्रेक्ट क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष ईमरान खाँनले जानकारी दिनु भएको छ । यस्तै गरी यही जेठ ८ गते बिहीबार भोजपुरी गायिका पुनम पाण्डेय, डान्सर लाडली चौधरी ,आकृति परियार,श्रृष्टी श्रीपाली, मनिका क्षेत्री लगायतको प्रस्तुती रहने मेलाका संयोजक तथा उदघोषक बिकास भटटराइले जानकारी दिनु भएको छ ।

न्यू एम के साउण्ड सिस्टमको ब्यवस्थापनमा जारी महोत्सवमा नेपाल र भारतका प्रख्यात कलाकारको प्रस्तुति रहदै आएको छ । महोत्सवमा बिभिन्न ५० वटा स्टलका साथै बाल उद्यानहरु पनि रहेका छन् । मेलामा स्थानिय उत्पादन, कृषि प्रर्दशनी संगै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ ।
महोत्सवमा रोहिणी मात्र नभई यस आसपासका ओमसतिया गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, परासी र भारत सम्मका ३० हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

२०२२ सालमा स्थापना भएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणी स्वास्थ्य शिविर, पर्यवरण सचेतना कार्यक्रम, रक्तदान लगायतको कार्यक्रममा सक्रिय रहेको छ । मेला जेठ १५ गते सम्म हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०५-२१ , समय : १९:१६:३६ , १० घन्टा अगाडि