सिद्धार्थनगर ५ मा महिलाहरुका लागि पाँचदिने सेल्फ मेकअप तालिम सुरु

रुपन्देही खबर , २०६  पटक हेरिएको

भैरहवा, जेठ १३

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ वडा कार्यालय भैरहवाले महिलाहरुका लागि पाँचदिने सेल्फ मेकअप तालिम सुरु गरेको छ । मंगलबारदेखि सुरु भएको तालिमको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभएको छ

तालिम उद्घाटन गर्नु हुदै नगरप्रमुख खाँले तालिममा सहभागी भएका प्रशिक्षार्थीलाई ध्यान दिएर बढी भन्दा बढी ज्ञान लिन आग्रह गर्नुभएको छ । प्रशिक्षकको कुरा राम्रोसँग सुन्ने र नजानेको कुरा सोध्नुपर्छ उहाँले भन्नुभयो सानो सानो कुराको महत्व धेरै हुने भएकाले सानो कुरामा पनि ख्याल गर्नु पर्ने बताउदै नगर प्रमुख खाँ ले स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

त्यस्तै गरि सिद्धार्थनगर–५ का वडाअध्यक्ष तथा कार्यक्रमका अध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा नम्बर ५ को कार्यालयले विभिन्न किसिमको तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले गत वर्ष ब्यूटीपार्लर तालिम समेत आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ, सिद्धार्थ सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोविन्द प्रसाद बस्याल, समाजसेवी पुनम जयसवाल, पत्रकार शंकर प्रसाद पाण्डे, समाजसेवी नारायण प्रसाद अग्रवाल, सिद्धार्थनगर नगरपालिकाको जनस्वास्थ्य शाखाको कम्युनिटी नर्सिड अधिकृत गीता देवी न्यौपाने लगायतले वडा नम्बर ५ को कार्यालयले राम्रो काम गर्दै आएको बताउनुभएको थियो ।

सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, वडा सदस्य किरन देवी सुनारको स्वागत मन्तव्य तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको तालिमको सहजीकरण प्रशिक्षक सृष्टि श्रेष्ठले गर्नुहुनेछ ।

 

प्रकाशित मिति: २०२५-०५-२७ , समय : १६:०५:४९ , ७ दिन अगाडि