प्रदेशसभा सदस्यमा युवा नेता तिवारीको चर्चा

रुपन्देही खबर , २०९  पटक हेरिएको

कपिलवस्तु, साउन २२

मंसिर ४ गते हुने प्रदेश सभा सपदस्यमा
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ११ बडेगाउ बस्ने गंगेश नाथ तिवारीको चर्चा भैरहेको छ । मंसिर ४ गते हुने प्रदेश सभा सदस्यमा कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ को क’ बाट उमेदवारी दिने भएकोले स्थानीयहरूले चर्चा गर्न थालेका छन् l

 

तिवारी एक सामाजिक अभियन्ता भएर करिब दुई दशक देखि विभिन्न सामाजिक कार्यमा समाजसेवा गर्दे आएका एक शिक्षित ब्यक्तित्व , स्वच्छ छबि भएका, इमानदार, युवा संघर्षशील, कर्तव्य परायण, निष्ठावान व्यक्तित्व रहेका उनी प्रदेश शभा सदस्यमा निर्वाचनमा भाग लिए राम्रो हुने स्थानीय चर्चा गर्न लागेका छन् l

 

आउने मंसिर ४ गते हुन लागेको प्रदेश सभा सदस्यमा तपाईको चर्चा चलेको प्रश्नमा गंगेश नाथ तिवारीले जवाफ दिदै जनता लोकतंत्रमा सबैभन्दा सर्वोपरि रहेको र जनताको साथ र समर्थन आफूले पाउने आसा समेत रहेको बताउदै जनताको चाहना , पार्टी कार्यकर्ता तथा नेकपा एमाले पार्टीको निर्णय अनुसार आफुले काम गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

प्रकाशित मिति: २०२२-०८-०७ , समय : २३:१९:१९ , २ वर्ष अगाडि