रुपन्देही खबर , ९७ पटक हेरिएको

भैरहवा,जेठ २८
अत्याधिक गर्मी भएपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले तीन दिन विद्यालय बिदा दिएको छ । अत्याधिक गर्मी हुँदा विद्यालयमा पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत समस्या देखिन थालेकोले तीन दिन बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभएको छ ।
अध्यक्ष यादवका अनुसार विद्यालय जेठ २९ देखि ३१ गतेसम्म रोहिणी गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा विद्यालय बन्द रहनेछ ।
प्रकाशित मिति: २०२५-०६-११ , समय : २३:२४:५४ , २ हप्ता अगाडि