सरस्वती आधारभूत विद्यालय रोहिणी ७ मा १४२ जना विद्यार्थीहरुलाई झोला वितरण

रुपन्देही खबर , १८७  पटक हेरिएको

भैरहवा, जेठ २९

रोहिणी गाउँपालिकाले टिकरमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष महेन्द्र प्रताप सिंहको अध्यक्षता तथा रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा बुधबार एक कार्यक्रमका बिच १ सय ४२ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।

झोला बितरण गर्नु हुदै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीका विभिन्न सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको बताउनुभएको छ । उहाँले श्री सरस्वती आधारभूत विद्यालयको भवन निर्माणमा पनि गाउँपालिकाले लगानी गरेको बताउदै शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएको बताउनु भएको छ ।

यस्तै गरी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले विद्यार्थीहरुलाई झोला वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्र विकासको महत्वपूर्ण पूर्वाधार भएको बताउदै विद्यालयको विकासमा आगामी दिनमा पनि गाउँपालिकाले ध्यान दिने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी विद्यालयका प्रधानाध्यापक धनेश्वर कँवरले स्वागत मन्तब्य राख्नु हुदै श्री सरस्वती आधारभूत विद्यालयमा ७० प्रतिशत भन्दा बढी दलित समूदाय र विपन्न परिवारका विद्यार्थी अध्ययनरत रहेको बताउनुभएको छ ।

विद्यालयका शिक्षक मनोज कुमार यादवले सञ्चालन गर्नु भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष महेन्द्र प्रताप सिंह, वडा सदस्य जग्गु लाल चमार, समाजसेवी हरिद्धार हरिजन लगायतले बोल्दै शिक्षा क्षेत्रलाई अगाडी बढाउन र यसमा लगानी गर्न समेत आग्रह गर्नु भएको थियो । कार्यक्रममा बिद्यालयका शिक्षक, बिद्यार्थी , अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: २०२५-०६-१२ , समय : ०७:५५:०४ , २ हप्ता अगाडि