रामग्राम नगरपालिकाका नगरप्रमुख यादवद्वारा नगर भित्रको बिद्यालयहरुको अनुगमन

बेचु गौड , ३३८  पटक हेरिएको

नवलपरासी, साउन २६

पश्चिम नवलपरासीको नगरक्षेत्रका विद्यालयमा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले थाल्नु भएको अनुगमन कार्यलाई निरन्तरता दिदै बुधवार पनि तिनवटा विद्यालयको अनुगमन गर्नु भएको छ । मेयर धनपत यादव र नगरशिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी र सम्बन्धित वार्डअध्यक्षलाई साथमा लिएर अनुगमनलाई निरन्तरता दिनु भएको हो ।

 

शिक्षाको बेथिती सुधारका लागि सबै विद्यालयमा एक पटक संयुक्त रुपमा पुग्नै पर्ने आवश्यकता औल्याउदै मेयर यादवले अनुगमन पुर्व सुचना विना नै विद्यालयमा पुग्ने गर्नु भएको छ । अनुगमनको क्रममा विद्यालयमा सरकारले दिदै आएको खाजाको गुणस्तर समेत हेर्ने,सरसफाई,पुर्वाधार वातावरणको विषयमा अहिले सुचना लिने गरेको बताउनु भएको छ । जनता आधारभुत विद्यालयमा पुगेर उहाले विद्यार्थीले खाने गरेको खाँजा समेत चाख्दै भन्नु भयो यस्तो खाँजा नखुवाउनुस । खाँजामा भुजा र पास्ता बनाइएको थियो ।

 

कतिपयमा जंकफुड नै पाइएको थियो । विद्यार्थी संख्या अति नै कम भएको र भर्ना भएका बालबालिका पनि उपस्थित भएको भेटिएका थिएनन् । अहिले नगरपालिकाले प्रति विद्यार्थी दैनिक १० रुपिया उपस्थितीको आधारमा प्रोत्साहन रकम दिईने नगरसभाबाट पास गराएको छ,मेयर यादवले भन्नु भयो , विद्यार्थी नै उपस्थित कम छन्,किन आएनन ? भनेर प्रश्न गर्नु भएको थियो । त्यसको खोजी गरेर शिक्षा शाखा मार्फत नगरपालिकामा पेश गर्न समेत उहाले निर्देशन दिनु भएको छ ।

 

खाँजाकै लागि नेपाल सरकारले प्रति विद्यार्थी १५ रुपियाको दरले रकम उपलब्ध गराउदै आएको छ, तर खाँजाको अवस्था हेर्दा ति रकमको समेत सदुपयोग भएको छैन् । खाँजामा पोसिलो,स्वस्थकर हुनु पर्ने र त्यसका लागि विद्यालयले अगामी दिनमा सुधार गरेर लैजानु पर्ने आवश्यकता औल्याउनु भएको थियो ।

त्यसै गरि रामग्राम ९ कै करमैनी स्थित राष्ट्रिय माविमा हाजिरी रजिष्टरमा धेरै विद्यार्थी देखिए पनि विद्यालयमा उपस्थिती अति नै न्युन रहेको भेटिएको छ । लामो समयसम्म कतिपय विद्यार्थीको हाजिरी नै नभएकोले , ति विद्यार्थी कहाँ छन ? भन्ने प्रश्नको जवाफ पनि चित्त बुझ्दो विद्यालयका शिक्षकले दिन सकेनन । दैनिक तिनै कक्षामा अध्यापन गर्ने शिक्षकले कति विद्यार्थी छन ? त्यसको जानकारी पनि नराख्नु दुर्भाग्यपुर्ण रहेको नगर प्रमुख यादवले बताउनु भयो ।

 

भौतिक पुर्वाधारले सम्पन्न सो माविमा विद्यार्थी संख्या किन न्युन भए ? किन पहल गरिएन ? त्यसको जवाफ अनुत्रित नै रह्यो । कतिपय माथिल्लो कक्षाका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गराएर निजी विद्यालयमा अध्ययन गर्दै छन कि भन्ने पनि आशंका ब्यत्त गरिएको थियो ।

 

अहिले नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि सुविधाहरु प्रदान गर्ने हुदा केही अभिभावकले पहुँचको आधारमा विद्यार्थी सामुदायिकमा भर्ना गर्ने र निजी विद्यालयमा पढाउने गरेको पनि पाइएको छ । यसले गर्दा सामुदायिक विद्यालयमै पढने विद्यार्थीको प्रतिको बेईमानी हुने मेयर यादवको भनाई थियो ।

 

अब वार्ड अध्यक्षहरुलाई सुक्ष्मरुपमा यसबारे अध्ययन गर्न लगाइने र विभिन्न निकायबाट पनि अनुसंधान गरि आवश्यक कारवाही अगाडी बढाईने समेत उहाले बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०८-११ , समय : १४:०८:०९ , २ वर्ष अगाडि