एजेन्सी , १०३ पटक हेरिएको

अमेरिका,साउन १४
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने गरी काम गर्न रुसलाई १० दिनको समयसीमा घोषणा गर्नुभएको छ । उहाँले समयसीमा पालन गर्न असफल भएमा नयाँ प्रतिबन्धहरू लगाइने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।
स्कटल्यान्डबाट संयुक्त राज्य अमेरिका फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मङ्गलवारदेखि १० दिनभन्दा कम समयमा युद्धविराम हुनुपर्ने बताउनुभयो । अमेरिकाले अवरोधलाई कम गर्न र विश्वव्यापी ऊर्जा बजारमा सम्भावित असरलाई सम्बोधन गर्न घरेलु तेल उत्पादन बढाउने ट्रम्पले बताउनुभएको छ ।
रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध सैन्य कारबाही शुरू गरेको थियो । युक्रेनले द्वन्द्व अन्त्य गर्ने शर्तका रूपमा पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने योजना त्याग्ने मागलाई आफ्नो सार्वभौमिकताको स्पष्ट उल्लङ्घन भनी अस्वीकार गरेको छ ।
प्रकाशित मिति: २०२५-०७-३० , समय : १८:५५:३३ , १९ घन्टा अगाडि